गृहमन्त्री बालकृष्ण खाणको सुरक्षामा खटिएका पिएसओ प्रहरी वरिष्ठ नायब निरीक्षक टंक कार्कीमाथि प्रहरी प्रधान कार्यालयले एक प्रेस विज्ञप्ति जारी गरी अनुसन्धान सुरू गरेको छ।
उनको सञ्चारमाध्यममा सुन तस्करीमा संलग्नता भएको भन्ने समाचार आएपछि प्रहरीले उनीमाथि छानबिन तथा अनुसन्धान थालेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए।
कार्कीलाई अहिले प्रधान कार्यालय, सुपरीवेक्षण तथा अनुगमन महाशाखामा झिकाएर छानबिन गरिरहेको राईले बताए।
कार्की दोषी देखिए कारबाही गरिने उनले बताए।
गृहमन्त्रीको पिएसको यस्तो धन्दा बाहिरिए पछि सामाजिक संजालमा गृहमन्त्री र प्रधानमन्त्री देउवाको समेत चर्को आलोचना भइरहेको छ ।
कार्कीमाथि प्रहरी वृत गौशालाको हिरासत दुरुपयोग गरेर एकजना युवकलाई थुनामा राखेको र पक्राउ परेकाको गाडीमा फेला परेको ४ लाख नगद ‘गायव’ बनाएको आरोप छ ।