वि.सं.२०८१ भदौ २८ शुक्रवार

खुल्ला किताब

खुल्ला किताब हूँ
पढेर न थन्काउ है
आवरण हेरेर के नै बुझ्छौ ?
मन भित्रको अर्थ पढ है
केही आभाषहरु पढ
केही लेखिएका शब्दहरु पढ
केही लुकेका अर्थहरु पढ, केही रङ्गहरु पढ
केही तरङ्गहरु पढ , केही चित्रहरु पढ
प्रेमिल र सुखद क्षणहरुले
प्रत्येक चित्रहरु
जीवन्त बनाउ
पढ, अझै पढ , बिहान पढ,
साँझ पढ, हर पहर पढ
बुझ्ने गरि पढ, पल – पल पढ
शब्दमा अर्थ खोज,अर्थमा वाक्य
वाक्यमा सरलता अनि सुन्दरता खोज
अनि त्यो भित्र जीवन खोज
पढ अझै पढ हरेक हरफहरु,
जीवन्त हुने गरि पढ ।

अझै अधुरा छन केही भागहरु
तिमी पढ, म खुल्दै छु !
हरेक पाना सुन्दर रङ्गहरुले भर्दै छु !
हरेक शब्द अमूल्य कोर्दै छु तिमी पढ, अझै पढ
लत बनाउ , यत्ति बनाउ
कि किताब खुल्ला होस् !!
तर,  मात्रै तिम्रो अधिकार होस्!
तिम्रै सिरानीमा मेरो बास होस् !!
तिमी पढ, सधै पढ
खुल्ला किताब हूँ !!

# लेखक : तारा तामाङ
#सुनाखरी भिमेश्वर नगरपालिका, दोलखा
#हाल काठमाडौ

पवित्र फूल..!