वि.सं.२०८१ असार १ शुक्रवार

सिटीको जितमा हालान्डको गोल

प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीले प्रि–सिजन टुर अन्तर्गतको मैत्रीपूर्ण खेलमा बायर्न म्युनिखलाई १–० गोल अन्तरले हराएको छ ।

आइतबार बिहान भएको खेलमा सिटीलाई जित दिलाउन एर्लिङ हालान्डले निर्णायक गोल गरे ।

सिटीका लागि हालान्डको पहिलो खेल हो । उनले खेलको १२ औं मिनेटमा गोल गरे । हालान्ड यसै सिजन बोरुसिया डर्टमण्डबाट सिटी आएका हुन् ।

आफ्ना स्टार खेलाडी रहिम स्ट्रलिङ र ग्राबियल जिससलाई बेचेको सिटीले मुख्य खेलाडीको रुपमा हालान्डलाई राखेको छ ।