काठमाडाैं । कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित मुलपानीमा आयोजित “कागेश्वरी मनोहरा (मुलपानी) महोत्सव–२०८२” को अवसरमा पत्रकार दिपकराज जाेशीलाई नेपाली पत्रकारिता (सुरक्षा) क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्याङ्कन गर्दै सम्मानित गरिएको छ।
२०८२ साल जेठ १६ गतेदेखि असार १ गतेसम्म आर्या मिडिया हाउसको आयोजना तथा संयुक्त मेला महोत्सव ग्रुप प्रा. लि.को व्यवस्थापनमा भव्य रूपमा सञ्चालित उक्त महोत्सवमा पत्रकार जाेशीलाई सम्मान गरेको हो।
कार्यक्रममा आयोजकहरूले पत्रकार जाेशीको नेपाली पत्रकारिता (सुरक्षा)बिटमा सरोकार, निष्पक्षता, जनआवाज प्रवाह र पत्रकारिताको माध्यमबाट परिवर्तन ल्याउने क्रियाशीलतालाई उच्च मूल्याङ्कन गर्दै, पत्रकारिता सेवा, निष्ठा र सत्यतर्फको समर्पणका लागि सम्मान प्रदान गरिएको जनाएका छन्।

सम्मान प्राप्तपछि पत्रकार जाेशीले भने: “पत्रकारिता मेरो पेशा मात्र होइन, समाज र राष्ट्रप्रति मेरो दायित्व हो। सत्य र निष्पक्षताप्रति प्रतिबद्ध रही आगामी दिनहरूमा झनै जनमुखी पत्रकारिता गर्न उत्साहित भएकाे बताए।”
कार्यक्रममा अन्य विभिन्न क्षेत्रका प्रतिभाहरूलाई पनि सम्मान गरिएको थियो। आयोजकहरूले यस्ता सम्मानले पत्रकारजस्तै सामाजिक रूपान्तरणका संवाहकहरूलाई थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
पत्रकार जाेशी सुरक्षा सराेकार डटकम नामक अनलाइन मिडियाका संचालक हुन् ।































