वि.सं.२०८१ असार २९ शनिवार

समाजवादी कर्णाली प्रदेशको अध्यक्षमा बुढा, संगठनका केन्द्रीय अध्यक्ष सुवेदीले खुवाए सपथ

नेकपा एकीकृत समाजवादी  निकट पत्रकारहरुकाे छाता संगठन समाजवादी प्रेस संगठन नेपाल, कर्णाली प्रदेशको अध्यक्षमा दिपककुमार बुढाक्षेत्री  निर्वाचित भएका छन् ।

आज सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न संगठनको प्रथम अधिवेशनले बुढाको अध्यक्षतामा सर्वसम्मत रुपमा १७ सदस्यीय प्रदेश कमिटी निर्वाचित भएका हुन् ।

यस्तै उपाध्यक्षमा कमल वुढा , महिला उपाध्यक्षमा राधिकाकुमारी बराल, सचिवमा शिवलाल डाँगी , कोषाध्यक्षमा कृष्णबहादुर सुनार  र सहसचिव प्रेम वली  निर्वाचित भएका छन् ।

यसैगरी  कार्यसमिति सदस्यहरुमा  बशन्त बागचन , नन्दराम जैसी , आनन्दसिंह बोहोरा , विनोद लम्साल , दान खत्री, करिष्मा गिरी, पुष्पराज वली , कुसुम रोकाय  र कमला मल्ल  सर्वसम्मत निर्वाचित भएका छन् ।

नमन शाही, रमेश गौतम र चक्र केसीको अध्यक्ष मण्डलले संगठनको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सङ्ठनका केन्दीय अध्यक्ष विश्वमणी सुवेदीले पद तथा गोपनियताको सपथ खुवाए।

त्यस्तै भेलाले नन्दराज जैसी  र दुर्गा विसीलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने सर्वसम्मत निर्णय गरेको छ । समाजवादी प्रेस संगठनका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रम संगठनका निवर्तमान अध्यक्ष यज्ञराज थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपमहासचिव एवम् कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा भएको अधिवेशन उद्घाटन शत्रमा कर्णाली प्रदेश कमिटी अध्यक्ष अम्मरबहादुर थापा,समाजवादी प्रेस सगंठन नेपालका उपाध्यक्ष अस्मिता गिरी, केन्द्रीय उपाध्यक्ष एवम् कर्णाली प्रदेश इन्चार्ज अनन्त बराल,सचिव नेपाेलियन चेपाङ, सचिवालय सदस्य शिव सुवेदी, प्रेस युनियनका केन्द्रीय सदस्य ज्योति कटुवाल र प्रेस चौतारी नेपालका कर्णाली प्रदेश अध्यक्ष प्रकाश अधिकारी, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवम् सुर्खेत इन्चार्ज शिवप्रसाद उपाध्याय लगायतकाे उपस्थिती रहेकाे थियाे ।