वि.सं.२०८१ असोज १ मंगलवार

भष्ट्राचार निरुत्साहित गर्नु आजको आवश्यकता : मन्त्री ज्वाला

सबैभन्दा पहिले पत्रकार नै सुध्रिन पर्ने समाजवादी प्रेस सगंठनका केन्द्रीय अध्यक्ष सुवेदी

एकीकृत समाजवादी पार्टीका उपमहासचिव प्रकाश ज्वालाले भष्ट्राचारलाई निरुत्साहित गर्दै अगाडि वढनु पर्ने आजकाे आवश्यकता रहेको वताएका छन ।

समाजवादी प्रेस सगंठन नेपाल कर्णाली प्रदेशकाे प्रथम अधिवेशनलाई सम्बाेधन गर्दै प्रदेश ईन्चार्ज समेत रहेका ज्वालाले जनपक्षीय काम गर्दै भष्ट्राचार विराेधी गतिविधिलाई निरुत्साहित गर्नुपर्ने आजको आवश्यकता भएकाे बताए ।

उनका अनुसार अहिले मुलुकनै आर्थिक मन्दीकाे मारमा देखिएकाले यसकाे असर मिडियामा पनि पर्नु स्वाभाविक रहेको वताए ।

उनले वालुवाटार जग्गा प्रकरणमा एकजना ब्यक्ति मिडियाका कारण अप्ठ्यारोमा परेकाे स्मरण गर्दै मिडियामा ठुलाे शक्ति भएकाले यसलाई सहि ढंगले सदुपयोग गर्न आग्रह समेत गरे ।

मिडियाका कारण कतिपय गलत कुराहरु सत्य हुने र सत्य कुरा गलत हुने भएकाले मिडियालाई साच्चिकै मिडिया वनाएर तपाईहरुले कलम चलाउनु हुन्छ भन्ने विश्वास रहेकाे छ भाैतिक यातायात तथा पूर्वाधार मन्त्री ज्वालाले कानुनलाई टेकेर मिडियालाई गर्न सक्ने र मिल्ने सहयोग सरकारले गर्ने बताए ।

अहिलेकाे याे सरकार जनताकाे सरकार भएकाले जनताका समस्याहरु समाधान गर्दै अगाडि वढेकाे उनको दावी थियाे ।

तपाईहरु जनपक्षीय एजेन्डालाई पछ्याउँदै मिडियाका माध्यमवाटअगाडि वढनुस उनले भने` तपाईं समाजवादी प्रेस सगंठनका पत्रकारहरुकाे प्रगति र पक्षमै पार्टी हिजाे पनि थियाे अहिले पनि छ र भाेली पनि रहन्छ ढुक्क हुनुस ।

´ हाम्रो पार्टीप्रति आस्था राख्ने हाम्रा पत्रकारहरु सख्याका हिसावले थाेरै भएपनि गुणात्मक हिसावमा ठुलाे सख्यामा भएको वताए ।

जनताका र पार्टीको गतिविधि वारेमा तपाईहरुले गरेका कामले देखाईरहेकाे तपाईहरु धन्यवादका पात्र हुनुहुन्छ उनको भनाई थियाे ।

हिजो पद र लाभका कारणले हामीले विद्रोह गरेकाे नभएकाले हामी समाजवादकाे यात्रामा निरन्तर अगाडि वढनुपर्छ उनले भने ।

यता कार्यक्रमका विशेष अतिथि समाजवादी प्रेस सगंठनका अध्यक्ष विश्वमणी सुवेदीले पत्रकारिता सुधार्नका लागि पहिले पत्रकार नै सुध्रिन पर्ने वताए ।

हामी पत्रकारहरुमा पनि केही समस्याहरु छन जसका कारण मिडियाप्रति नागरिककाे विश्वसनीयता घटदै गएकाले हामी पहिले सुध्रिनु पर्ने उनको भनाइ रहेको थियाे ।