वि.सं.२०८१ माघ ६ आइतवार

तिहारको दोस्रो दिन आज कुकुर तिहार मनाइँदै

आज तिहारको दोस्रो दिन कुकुर तिहार मनाइँदै छ । कुकुरलाई टीका र माला लगाइदिएपछि मीठा परिकार दिएर पूजा गरिन्छ ।

कुकुरलाई एक इमानदार र बफादार जनावर मानिन्छ । घरपरिवारको सुरक्षा गरेबापत कुकुरको पूजा गरिँदै आएको छ ।
तिहारको सुरुवाती दिन काग तिहारमा कागलाई विभिन्न परिकार खुवाएर काग तिहार मनाइयो ।परिवारमा कसैको मृत्यु भएको छ भने उनीहरूको सम्झनामा कागलाई मिठा मिठा परिकार खुवाउने शास्त्रीय मान्यता छ । तिहारको तेस्रो दिन लक्ष्मीपूजा हो ।

गाईले परापूर्वकालदेखि नै मानिसलाई धेरै गुण लगाएबापत यसलाई लक्ष्मी माताको रुपमा पुज्ने गरिन्छ । कृषि व्यवसायमा गोरुले पु(याएको योगदानको कदर गर्दै तिहारको चौथो दिन गोरुको पूजा गरिन्छ । तिहारको अन्तिम दिनलाई भाइटीका भनिन्छ ।

भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाई मखमली र सयपत्रीको माला लगाइदिन्छन् ।
भोली सूर्य ग्रहण परेका कारण आज साँझ नै लक्ष्मी पूजा पनि गरिदैछ ।