काभ्रेकाे भुम्लु गाउँपालिकाको फलाँटे र भुम्लुटार दुई वडाका स्थानीयले आफ्नो लालपुर्जा अझै सम्म पनि पनि पाएको छैन्न बिगतका दिनहरुमा पनि नेताहरूलाई भोट त्यही लालपुर्जाको आशाले नै दिएको स्थानीयहरुको भनाइ छ।
अहिले पनि फेरि चुनाव नजिकिएसगै नेताहरु जनतालाई लाजपुर्जाको प्रलोभन देखाइ भोट लिने बहाना भएको छ।
अहिले फेरि जनताहरु हारगुहार गर्न लागिसकेका छ्न् । ‘हामीलाई अरु केही चाहिन्न, हाम्रो अड्किएको लालपुर्जा दिलाइदिनुस्’, स्थानीय सन्त तामाङले उम्मेदवारहरुसँगको भेटघाटमा पटक पटक भने ।
उनले अघिल्लो सरकारले पनि आशा देखाएकाले ‘आशावादी’ मात्रै नबनाउन भोट माग्न आउने उम्मेदवारहरुलाइ समेत आग्रह गरे ।
तर लालपुर्जा दिलाइदिने बहाना भोट माग्न नेताहरुलाई सजिलो भएको छ। बिगतमा पनि यहि लालपुर्जाको आशा देखाएर भोट हाल्न लगाएका थिए। जितेर ती नेताहरु फर्केन समस्या जीउँ का तिउ रहयो।
जुन पार्टिको उम्मेदवार आएपनी स्थानीयहरुको एउटै माग थियो लालपुर्जा दिलाइदिनुहोस्। आज भन्दा अगाडि पनि यस्तै आशा देखाएर भोट लिएको तर अहिले सम्म केही गर्न नसकेकोले अहिले पनि भोट लिने बहाना मात्र त होला भन्दै मन खिन्न बनाइरहेका थिए रत्न उप्रेदी ४६ वर्षदेखि फलाँटे र भुम्लुटारका एक हजार दुई सय स्थानीय लालपुर्जाविहीन अवस्थामा रहेका छन् ।
विसं २०३२ मा जग्गा नापी गर्दाका बखत साविकको पिपलटार गाविस र भुम्लुटार गाविसबीच टारको खेतीयोग्य जमिन कता राख्ने भन्ने विषयमा दुई गाविसका नेतृत्वबीच विवाद हुँदा तत्कालीन नापी टोली फर्किएको थियो ।
यता सरोकारवाला निकायबाट विभिन्न चरणमा समस्या समाधानार्थ प्रयास राम्रोसग नभएको कारण पनि हालसम्म कसैले लालपुर्जा पाउन सकेका छैनन् ।
छयालीस वर्षदेखि लालपुर्जाविहीन अवस्थामा रहेपछि स्थानीयले जग्गाधनीबारे छानविनमा थप समस्या उत्पन्न भएपछि छुट्टै नीतिको माग गर्दै आएका छन् ।
लालपुर्जा अभावमा रसिदका आधारमा किनबेच हुँदै आएकाले मालपोत कार्यालयको फिल्डबुक र हालको रसिदवाहक जग्गाधनीबीच मेल नहुँदा छानविनमा सकस भएको बताइन्छ ।
यसपछि गाउँपालिकाको ७ र ८ नं वडामा जमिनबारे स्थलगत छानविन गर्न गएको जिल्लास्थित मालपोत तथा नापी कार्यालयका दुई टोली गत असारमै फिर्ता आएका थिए । लालपुर्जा नहुँदा स्थानीयले भूकम्पपछि आवास निर्माणलगायत विभिन्न समस्या झेल्दै आएका थिए ।
हाल मालपोतको टोली कार्यालयमै फिल्डबुक अध्ययन गरिरहेको जनाइएको छ । तर मालपोत र नापी कार्यालयका अधिकारीले लालपुर्जा समस्या छुट्टै नीति बनाएरमात्रै समाधान हुने जनाउँदै आएका छन् ।
हाल पनि रसिदका आधारमा जग्गा किनबेच भइरहने हुँदा छानविनका बेला एकको नाममा र पुर्जा बन्ने बेला बिक्री भई अर्काको नाममा गइसक्ने समस्याले झन् कठिन भइरहेको फिल्डमा खटिएका नापी अधिकृत लवप्रसाद कुइँकेलले बताए । उनका अनुसार रसिदकै आधारमा जग्गा किनबेच भएको लगत जिल्ला मालपोत कार्यालयबाट उपलब्ध हुने सकेको छैन ।
टोलीले स्थलगतरूपमा गरेको छानविन र मालपोतको रेकर्डमा कतिपय जग्गाधनीको नाम फरक–फरक भएका कारण थप समस्या उत्पन्न भएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले बताए ।
‘मालपोतको फिल्डबुकमा लगत मिल्दैन, यसअघि लालपुर्जा नहुँदासमेत रसिदका आधारमा किनबेच गरेकाले निकै कित्ताको नाम फरक–फरक आइरहेको छ, त्यसैले हाल थप समस्या उत्पन्न भएको छ’, उनले भने ।
भुजेलले भुम्लुको लालपुर्जा समस्याबारे सरोकारवाला निकायले छुट्टै नीति नबनाएसम्म समाधान हुनसक्ने बताए ।
उनका अनुसार गाउँपालिकाका पदाधिकारीसहितको टोलीले भुम्लुको लालपुर्जाको समस्या समाधानार्थ जिल्लास्थित मालपोत कार्यालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा भूमि आयोगमासमेत हालै आग्रह गरिएको छ ।
तत्कालीन नक्साङ्कनको अवस्थामा सीमा विवादका कारण आफ्नै जमिन आफ्नो नाममा नभएपछि करिब एक हजार दुई सय लालपुर्जाविहीनले फिल्डका नापी र मालपोतको दुवै कार्यालयमा २०७७ माघ महिनासम्म लालपुर्जा प्राप्तिका लागि ७ नम्बर वडास्थित कार्यालयमा नौ सय ३२ र ८ नम्बरमा तीन सय १७ निवेदनसमेत दर्ता गरेका थिए ।
अहिले भने विविध पार्टिका उम्मेदवारहरु तत्काल लालपुर्जा दिलाइदिन्छौ भन्दै त्यही वडाहरुमा भोट मागिरहेका छ्न।