वि.सं.२०८० फागुन ११ शुक्रवार

अन्न्यायमा छ्ट्पटाएकी बिनुको वास्तविक कथा

स्थायी घर सिराह भएकी बिनु यादव बाबाको कामको सिलसिलाले  सोलुखुम्बुकै नेलेमा हुर्किन त्यहीँ पढिन। अहिले बुवा हुनुहुन्न, बित्नु भयो । परिवारमा आमा, भाइ बहिनी र म मात्रै छ्न। आमा रोगी हुनुहुन्छ  बिनुको। आमा  अहिले सम्म पनि अक्सिजनको सहाराले बाँच्नुभएको छ ।

भाइ र बहिनी सानै छन्, पढिरहेका छन् । घरको स्थिति नाजुक छ । बुवाआमाको पेन्सन आँउछ तर त्यो आमाको उपचारमा खर्च हुने गर्छ।

जब उनी पढाइको सिलसिलामा  काठमाडौंमा पढन आइन आफू पनि पढ्दै र  पढाउने काम पनि गर्दै बसिन । एकदिन कुरा हो  उनकै गाउँकै सिभिल इन्जिनीयरिङ गरिरहेको साथी सुदर्शन थापासंग उनको  भेट भयो । उसंग अर्को साथी पनि सगै लिएर आएका थिए । उसको नाम थियो  प्रदीप  । घर रामेछापको मन्थलीको तर त्यसबेला उनले आफ्नो घर ठिमीमा पनि भएको बताए  ।

प्रदीप क्वेस्ट इन्टरनेशनल कलेजमा पढाउथे सुदर्शनको साथी भएपछी चिनजानमा बिनुको  पनि साथी बन्यो प्रदिप। भेटघाटसँगै उनिहरु  सामािजक संजालमा पनि जोडिए। बिस्तारै बिनु र प्रदिप नजिकिन थाले  कुराकानी नियमित हुन थाल्यो । मेरो हरेक विषयमा चासो राख्ने, भेट्न आउने र केयर गर्ने प्रदिपको आदत बन्दै गयो । तर बिनुले त्यति चासो राख्दिनँ  थिन बिस्तारै बिनुको   परिवारसँग पनि प्रदिप नजिकिदै गए।

बिनुले नजिकता भएपछी  उसलाई आफ्नो  परिवारको  सबै  पृष्ठभूमि बताइन । त्यसपछि प्रदिपले   मलाई बिनुलाइ  अभिभावकले जस्तै माया गर्न थाले । साच्चै बिनुले पनि  कहिल्यै त्यस्तो माया पाएको थिइन्न जुन क्षणिकको लागि प्रदिपले गरेका दिए। त्यसैले बिनु प्रदिपसग  नजिकिएँ गोइन।

 अब उनिहरुको साथिको सम्बन्ध प्रेमीप्रेमिमा परिणत भयो । उनिहरु सम्बन्धमा बसेको लगभग दुई वर्षपछि २०७५ मा साथीहरुसँग सल्लाह गरेर जापान जाने तयारी गरे । बिनुले डकुमेन्टदेखि लिएर उनिलाइ चाहिने सबै चिजको व्यवस्थापन गरिसकेकी थिइन  ।बिनुले  म बाहिर जाँदैछु भनेर प्रदिपलाई भनिन । तर उसले बाहिर नजान आग्रह गरे। प्रदिपको  प्रेम, केयर र सल्लाहले बिनुलाइ जापान जानबाट रोक्यो ।

अब उनिहरुको  सम्बन्ध प्रेमीप्रेमिकाबाट माथि उठेर विवाह सम्म पुग्ने पक्कपक्की नै थियो । बिनुले कहिल्यै कसैसंग कुनै पनि किसिमको सम्बन्ध राखेकी थिइन्न । उनिहरु  ‘रिलेशन’मा बसेको र प्रदिपसंग नै विवाह गर्ने निधो गरेपछि उनिहरु बिच  सहमतीमा नै नियमित शारीरिक सम्बन्ध हुन्थ्यो । प्रायः प्रदिपले उसको ठिमीमा भएको घरमा लिएर जाने  र शारीरिक सम्बन्ध राख्ने गर्थे। शारीरिक सम्बन्ध राख्दा उनिहरुले  कुनैपनि परिवार नियोजनका साधनहरुको प्रयोग गर्दैन थे । उनी गर्भवती भैन तर बिनुले यो कुरा सबैभन्दा पहिला प्रदिपलाई बताइन। बिनुले विश्वास गरिरहेको थिएन् तर जब उसलाई थाहा भयो तब बच्चा फाल्नुपर्छ भन्न थाले  । प्रदिपले भन्थे “हामी सानै छौं । विवाह गर्ने उमेर भएको छैन । अहिले एबोर्सन गरौं ।’
तर, खै किन बिनुलाइ बच्चा फाल्न मन थिएन । आफ्नो पेटमा आएको हुर्कदै गरेको बच्चा खै कसरी सहजै फाल्लिन र एउटि आमाले त्यसैले उनले बच्चा फाल्नु हुँदैन भनिन्न प्रदिपले भन्र बच्चा फाल्न दबाब दिइरहन्थे  ‘कति पैसा लाग्छ, कहाँ गएर फाल्ने सबै कुरा बुझ त्यसपछि म पैसा दिन्छु’ भनेर प्रदिप बिनुलाइ  जर्बजस्ती

 एकदिन अफिसमा बिनुलाइ  निकै गाह्रो भयो । दिनभर मेरो पेट दुखिरहयो । २०७५ साल चैत १९ गतेको दिन थियो। अफिसबाट घर जाँदै गर्दा उनलाइ निकै गाह्रो भयो । उनी  घर पुग्न सक्ने स्थितिमा थिईन्न। जसोतसो कोठासम्म पुगिनर रातभर रोइन । सहनै नसक्ने दुखाइको कारण  निदाउन समेत सकिन्न। त्यसपछि बिहानै शिक्षण अस्पताल महाराजगञ्ज पुगिन। त्यहाँ पुगेपछि जाँच गर्दा बच्चा पाठेघरको देब्रे नलीमा गएर बसेको भन्ने थाहा भयो । डाक्टरले अप्रेसन नगरे बिनुको ज्यानै जाने अवस्था छ भनेपछि मैले उनी  अप्रेसन गर्न तर्फ लागिन ।  बिचरा बिनुको आमाले रिणपण गरेर छोरिको अप्रेसन गर्न पैसा जुटाउनुभयो तर बिनुलाइ थाहा छैन,  आमाले कहाँबाट सबै रकम जुटाउनु भयो । यो सबै विषयमा बिनुकी आमालाई प्रदिपले पनि भनेको थियो । ‘हामीबाट गल्ती भयो तर म बिहे गर्छु,’ प्रदिपले भनेका थियो ।

अप्रेशन भयो र बिनुले अस्पतालमा नै प्रदीपलाई बोलाइन त्यतिबेला उ मन्थली पुगेको थियो । बिनुले उसलाई फोन गरेर बोलाइन। अप्रेसनको गरेको भोलीपल्ट प्रदिप आए। अस्पतालबाट डिस्चार्ज गर्ने बेलामा उसले बच्चा आफ्नै थियो भनेर कागज गरे । त्यसपछि  बिनुकी आमासंग कुराकानी गरेर बिनुलाइ सिनामंगलको होटेलमा लगेर राखे । त्यहाँ दुई दिनसम्म बसेँ । ‘घरमा जानकारी गराउनुपर्यो, एकैपटक कसरी घरमा जाने’ भनेर प्रदिपले बिनुलाइ  त्यहि राखेर गएको थिए।

अप्रेशन गरेकोे कारण बिनुलाइ  निकै गाह्रो भइरहेको थियो । पेटमा ९ टाँका लगाइएको थियो । डाक्टरले २४ गते टाँका फुकाउने भनेको थियो । त्यही दिन बिहान प्रदिप पनि आइपुगे  र शारीरिक सम्बन्ध राख्न खोजे  बिनुको त्यस्तो अवस्था देख्दा–देख्दै पनि उसले जर्बजस्ती सम्बन्ध राख्यो । जसको कारण बिनुको अपरेशनपछि पेटमा राखिएका टाँकाहरु नै खुस्कियो । त्यस्तो अवस्थामा पनि बिनुलाइ प्रदिपले  छाडेन्न । त्यो सहमती भएको सम्बन्ध थिएन  त्यसैले प्रदिपले बिनुमाथी  माथि बलात्कार गरे।

पेटबाट टाँका फुस्केको र दुखाईका कारण उनि अस्पताल जाँदै थिएँ । प्रदिपले म बाट गल्ती भयो, त्यसो नगर्नुपर्ने, मैलै केही थाहा पाइन्, होसमा थिइनँ भन्दै बिनुलाइ फकाए । सकेसम्म एडजस्ट गर्नुपर्छ ठिकै छ भनेर बिनुले उनले भने अनुसार अस्पतालमा भर्याङबाट लडेको नै बताएँ ।
सिनामंगलको होटलबाट उसले फेरि बिनुलाइ फेरि जडिबुटीको होटलमा राखे ।घरमा कुरा गर्छु भने  त्यसपछि ऊ सम्पर्क बिहिन भए। उनिसग  २५ सय रुपैयाँ मात्रै थियो । त्यति पैसाले कहिलेसम्म होटलमा बस्ने ? त्यसैले टयाक्सी लिएर उनी काम गरिरहेको अफिसमा पुगिन। अफिसको चाबी उनिसगै   थियो । उनी  आफ्नो कामहरु सकेर त्यहीँ अफिसमा १५ दिनसम्म बिस्कुट र चिया पिएर बसेँ । त्यतिबेला घर जाने र आमासंग कुरा गर्ने हिम्मत बिनुको आएन ।

बिनुलाइ  छाडेर, आँउछु भन्दै गएको थिए  प्रदिप । तर, एक्कासी उसलाई बिनुले फेसबुकको वालमा केटीसँग रमाइलो गरेको, पार्टीमा गएको फोटोहरु देखिन। त्यसपछि बिनुले उसलाई तत्कालै फोन गर्दै फेसबुक आइडी मागेँ । उसले दिन मानिरहेको थिएन तर बिनुले  धेरै कराएपछि दियो । उसको आइडी बिनुले  हेरिन। केटीसँगको च्याट देखिन। उनी भकानिदै रुन थालिन मन मनै सोचिन मलाइ यस्तो अवस्थामा पुराएर फेरि अर्को केटीसँग बिहेको योजना बनाँउदै गरेको थाहा पाइन बिनुले प्रदिपले  बिनु माथि गरेको व्यवहार, धोकाले उनलाइ असहय पीडा भयो । उनी सोचिरहिन मैले के गर्ने भन्ने कुरा दिमागमा समेत आइरहेको थिएन। बल्ल बिनुले प्रदिपले आफूमाथि शोषण भएको र आफूलाई प्रयोग गरेको रहेछ भन्ने थाहा पाइन।र   न्यायको लागि दौडधुप गर्न थालिन। प्रदिपको परिवार र मामालाई पनि सबै कुराहरु बताउन खोजेकी थिइन तर उनको  कुरा वास्ता नै गरेनन् । उसको मामाले उल्टै बिनुलाइ धम्की दिए । ‘तिमी जस्ता त हजारौं केटीहरु छन् प्रदिपका तिमि पैसामा बिक्ने मान्छे हो’ समेत भनेपछि उनी  चुपचाप रुँदै  रुदै फर्किन।

बिनुलाइ  कहाँ जाने भन्ने पनि थाहा थिएन् । कसलाई भन्ने ? को सँग सहयोग माग्ने केही थाहा थिएन । त्यसैले नजिकै रहेका बौद्ध, चक्रपथ, कपन प्रहरी चौकीहरुमा गोइन । उनीहरुले महिलाको केस भएकाले प्रहरी परिसर टेकु पठाए । टेकुले पनि फेरि महिला सेल कालीमाटी पठायो । त्यहाँ पुगेर उनले  जबरजस्ती करणीको जाहेरी दिइन । प्रदिपको एउटा मामा डीएसपी थिए । उनको नाम सुरज कार्की थियो। मैले जाहेरी दिएको थाहा पाएपछि डीएसपी मामाले पटकपटक बिनुलाइ पैसाको प्रलोभन दिए । बिनु रुदै भन्छिन: उनले म बसेको ठाँउमा आएर नै मलाई ज्यान मार्ने धम्की दिए । त्यसपछि मैले भनेँ, ‘म मर्न तयार छु । प्रदिपले मेरो जिन्दगी, मेरो शरीर बर्बाद पारिदिएको छ र उसले सजाय पाउनुपर्छ ।’
जाहेरी दर्ता गर्ने ठाउँमा डीएसपी कार्कीले कालिमाटीस्थित एक प्रहरी अधिकारीलाई फोन गरेर ‘त्यो बलात्कार होइन, सहमतिमा भएको हो’ भनिदिए । त्यतिबेला बिनु पनि त्यहीँ थिए । तर, मैले सबै प्रमाण र टाँका लगाएको बेलामा आफु माथि बलात्कार भएको भनेपछि दर्ता गरिदिए।

बिनुले  पैसा पनि नलिने र जाहेरी फिर्ता पनि नलिने भनेपछि डीएसपी मामा सेतो रंगको कारमा चढेर बिनुको कोठामै आए । उनको हातमा पेस्तोल थियो । पेस्तोल खेलाउँदै उनले भने, ‘म तेरो भाइलाई जेल हालिदिन्छु । केटाहरु कसैलाई भन्यो भने तेरो भाइको ब्यागमा हेरोइन, चरेस हालिदिन्छन् र पुलिस केस गरेर जेलमा बस्छ । तेरो बहिनी पनि पढ्न जान्छे । साँझमा घर फर्कीने चान्स कमै होला नी । बाटोमा गाडीले हानेर दुर्घटना पनि हुनसक्छ ?’
साँझसम्म मुद्दा फिर्ता लिन उनले धम्कीपूर्ण अल्टिमेटम दिए । त्यसको भोलिपल्ट प्रदीपको बुवा, मामा (डिएसपी कार्की), मेरो साथी सुदर्शन थापा र प्रदीप आएर मेरो आमालाई अक्सिजनबाट निकालेर कालीमाटी लगे । त्यहाँ पुगेर बिनुलाइ कागजमा सिग्नेचर गर्न भने । त्यो के को कागज हो बिनुलाइ थाहा पनि थिएन् । बिनुलाइ त्यो धम्की र बिरामी आमाको अवस्थाले गर्दा नपढी हतारमा सिग्नेचर गरिदिइन। त्यसपछि बिनुलाइ चाबहिलमा छाडिदिए ।

२०७६ साल जेठ १९ गते मलाई ठिमी लिएर गए । त्यहाँ बिनु घरभित्रै थुनिएर बसिन । बिनुलाइ कसैसंग बोल्न र बाहिर जान दिदैन थे  । मंसिर २५ गते कसैलाई थाहा नदिई बुवा र मामाले प्रदीप र बिनुको विवाह गराइदिए । बिनुको एक दुईजना साथीहरु थिए र उनीहरुले फोटो खिचिदिए । उनि संग बिहेको फोटो पनि छ ।
विवाह पछिको पहिलो दशैं थियो । तर आफन्त बितेको र दशैं नमनाउने भनेर बिनुकाइ छाडेर सबै मन्थली गए । चाडपर्वको बेला एक्ले बस्न मनले नमानेपछि  उनी  पनि आमाको घर गोइन । फेसबुक खोलेर हेर्दै थिइन। बिनुले प्रदिपको परिवारले रमाइलो गरेर दशैं मनाएको, टीका लगाएको फोटो देखिन । उनिहरुले बिनुलाइ  झुक्याइरहेका

केही समयपछि प्रदिप बस्ने ठाउँमा बिनु  पुगिन । प्रदिप मन्थलीस्थित बसपार्कमा मनकामना एयरपोर्ट भ्यु होटलमा बस्ने गर्थे। त्यो होटल उसको काकाको थियो । उनी त्यहाँ दिनरात होटलको काम गर्थिन। त्यतिबेला जेजस्तो भएपनि उसले राम्रै गरेको थिए, छोरी मान्छे यस्तै हो भन्ने सम्झेर आफ्नो चित्त खुसी पार्थिन। तर त्यति ठूलो १२/१४ जनाको परिवार भएपनि उनि संग कोहि बोल्दैनथे । उसको काका भने बोल्थे तर काकाका कुराहरु, उनका व्यवहार भने राम्रो थिएन । होटलको हरेक ठाँउमा सिसि क्यामरा थियो तर किचनमा थिएन् । काकाले एक्लै किचनमा भेटे भने प्राइभेट पार्टमा छुन खोज्ने, नराम्रा कुराहरु मात्रै गर्ने गर्थे । बिनुले यो कुरा प्रदीपलाई सबै कुरा भनिन्न । त्यसपछि उसले आफ्नो बाआमा संगै बस्न भने । बाआमाले तराईको फोहोर उठाउने केटी, सानो जातको केटी भनेर नराम्रो व्यवहार गर्न थाले  । त्यहाँ बस्दाबस्दै म फेरी उनी  प्रेगनेन्ट भैन  । प्रदिपले फेरि बच्चा फाल्नुपर्छ भने  । उनले मानिनँ । ससुराले यस्ताले जन्माएको बच्चा हाम्रो हुँदैन । बच्चा जन्मायो भने गाडिदिन्छु भन्दै धेरै कराए तर तर बिनुले मानिन ।

एकदिन प्रदिप सेल्सका लागि ट्रक लिएर बाहिर गए । उनीहरु ग्यास, किराना सामानहरु होलसेलमा बेच्ने गर्थे । म कोठामा थिएँ । दिउँसो ३ बजेतिर मेरो नन्द, ससुरा आए र उनीहरुले मिलेर बिनुको घाँटी थिचेर औषधी खुवाए ।

बिनुलाइ बन्धक बनाएर राखिएको थियो । उनी  बिरामी पनि थिइन त्यसैले एकदिन भागेर तामाकोशी अस्पताल गोइन। त्यतिबेला लकडाउनको समय थियो । अस्पताल पुगेर उनले आफ्नो सारा कुराहरु बताइन। डाक्टर केशव धामीलाई प्रहरी प्रशासन वा सुरक्षित ठाउँमा पुर्याइदिनु भनेर आग्रह गरिन । उनले बिनुलाइ स्लाइन पानी दिए । डाक्टर धामीको र प्रदिपको परिवारमा राम्रो सम्बन्ध रहेछ । त्यसपछि काका ससुरा आए । शायद डाक्टरले बोलाएका थिए  होला काका आएर ‘तँ सानो जात, प्लास्टिक टिप्ने जात, महलमा लिएर राख्दा पनि हाम्रो बेइज्जत गर्ने’ भन्दै लिएर गए । घरमा लगे अनि कुटपिट गरे । रडले हाने । त्यसका डामहरु अझै बिनुको जिउमा छन् ।

कसरी सुरक्षित ठाँउसम्म पुग्ने भन्ने मात्रै उनी सोच्न थालिन बिनुलाइ  मोबाइल दिइएको थिएन । एक दिन प्रदिपले आफ्नो मोबाइल चार्जमा छाडेर गएको थियो । बिनुले  त्यही मौकामा जिल्लाको डीएसपी वसन्त पाठकलाई म्यासेज पठाइन। उनी काकाको होटलमा आउने जाने भएकोले कुराकानी नभएपनि  बिनुले चिनेकी थिइन। उनलाई म फलानोको बुहारी हुँ, ममाथि यस्तो यस्तो भएको छ, मलाई बचाउनुस् लेखेर म्यासेज गरिन। उनले सहयोग गर्नुको सट्टा घरमा आएर भनिदिए ।
तामाकोशी अस्पताल लगेर उनलाइ  डिप्रेसनमा गएको भनेर स्लिपिङ ट्याबलेट डबल डोज खुवाए । उनलाइ ट्याबलेट खुवाउन डाक्टर धामी पनि समलग्न थिए । बिनुलाइ  एभोेसर्न गराउने औषधि पनि उनैले गैरकानुनी रुपमा प्रदीपको परिवारलाई दिएका थिए । डाक्टरले गरेको कुराकानीको रेकर्ड अहिले सम्म उनि सँग छ । उनले ‘यसलाई डबल डोज दिनू । यसलाई डिप्रेसन भएको छ’ भनेका थिए ।

 उनको विवाह दर्ता पनि गरिदिएका थिएनन् । उनीहरुले विवाह गर्ने र जाहेरीको हदम्याद कटेपछि  बिनुलाइ केही पैसा दिएर घरबाट लखेट्ने योजना बनाएका रहेछ्न।

पछि खै कसरी विवाह दर्ता बनेछ । उनीहरुले भनेको आधारमा नै विवाह दर्तामा सहीछाप गराइएको थियो । बिनुले  वडा सचिवलाई विवाह दर्ता कसरी बन्यो सोधेकी पनि थिएँ । उनले परिवारका मान्छेले दबाब दिएको कारण बनाउनुपर्यो बताएका थिए ।

त्यसपछि प्रदीपले जिल्ला अदालतमा मानसिक तनाव दिएको भन्दै केस फाइल गरे । मानसिक तनाव दिएको, वैवाहिक बलात्कारमा मुद्दा हाल्छु भन्छे भन्दै मुद्दा हालेछन उसको नाम चलेको ठूलो परिवार थियो । उसको मामा डिएसपी, ससुराको बुवा जय बहादुर कठायत भुपु सैनिक संघ रामेछापको जिल्ला सभापति त्यसपछि बिनुले न्याय पाउन त सम्भव नै थिएन् । डीएसपीमाथि अनुसन्धान गरियोस् भनेर प्रहरीको हेडक्वार्टरमा निवेदन पनि दिएँ ।
उनीहरुले मुद्दा हालेपछि मैले सम्बन्ध विच्छेद नगर्ने भनेँ । आर्थिक स्थिति थिएन । वकिल राख्न पनि सकिरहेकी थिइन्न। एउटा अभियानमा जाँदा सञ्जयराज अधिकारी भन्ने वकिल संग बिनुको भेटघाट भयो र उहाँलाई बकपत्र बनाइदिनु भनेर रामेछापको जिल्ला अदालत बिनुले लगिन । तर, प्रदिपको परिवारले उनलाई भेटेपछि उनले केस राम्रोसँग हेरेनन् । अदालतका न्यायाधीश बद्रीप्रसाद वलीले इजलास भित्रै ‘तिमी राम्री छौ, अर्को बिहे गर, उमेर छ’ मात्रै भनिरहेका थिए बिनुलाइ। न्यायाधीश देखि लिएर सबैको व्यवहार देखेर न्याय नपाउने थाहा पाइसकेकी थिइन बिनुले  ।

त्यसपछि प्रदिपको पक्षमा फैसला भयो ।
बिनुले  न्याय नपाए बाँच्नुको अर्थ छैन । यस्तो जिन्दगीको के काम भन्ने सोचेर विष लिएर गएकी थिइन । जब प्रदिपको पक्षमा फैसला भयो तब बिनुले इजलासकै अघि विष खाइदिन । बिनु रुदै भन्छुन मलाइ  त्यही न्यायाधीशको अगाडि मर्न मन थियो तर तत्कालै मलाई तामाकोशी अस्पतालमा लगियो

। त्यहाँ उपचार  सम्भव नभएपछि बिनुलाइ  काठमाडौं ल्याए । काठमाडौंमा आएर १९ दिन आईसीयूमा राखे। अब उच्च अदालतमा मुद्दा हाल्ने तयारीमा गर्दैछु ।

उनी भन्छिन:-” मलाइ  थाहा छ, उनीहरुले कानुन किन्न सक्छन् तर म चुपचाप बस्न सक्दिन । मैलै न्याय पाउनुपर्छ । उनीहरु ठूला मान्छे भनेर जेपनि गर्ने छुट उनीहरुलाई छैन् । मेरो शरीर काम नलाग्ने भयो । मेरो जिन्दगी खत्तम बनाइदिए । म माथि पेट्रोल हालेर जलाएपनि अब मलाई पीडा हुँदैन ।”
बिनु आजसम्म पनि न्यायको निम्ति आफ्नो थकित शरिरलाइ घिसार्दै हार गुहार मागिरहेकी छिन।