वि.सं.२०८१ असार २९ शनिवार

लाखाै रुपैयाँ ठगीकाे पचाउन ‘हनीट्रयाप’

सुन्दरी सँग नजिकिने निहुँमा फसिएला है

अंग्रेजी शब्द हनीको अर्थ मह भन्ने बुझिन्छ भने ट्र्याप भन्नाले जालमा पार्ने भनेर बुझिन्छ । महजस्तै मीठो वा राम्रो चिजको माध्यमले कुनै व्यक्तिलाई ट्र्यापमा पारिन्छ भने त्यसलाई सामान्य बुझाइमा हनी ट्र्याप भनिन्छ । यो शब्द हेर्दा र सुन्दा जति सरल र सूक्ष्म देखिन्छ त्यति सरल नभई अति नै बृहत् र फराकिलो भएको पाइन्छ ।

अनुचित लाभ लिनको लागि सामाजिक सञ्जालको माध्यमले कुनै व्यक्तिको गोप्यरुपमा सम्पूर्ण जानकारी संकलन गर्दछन् । संकलन गरेको जानकारी अनुरुप कस्तो व्यक्तिलाई जालमा फसाउने भनेर अनौपचारिक योजना बनाउँछन् ।

यदि हामीले हनी ट्र्याप भन्ने विषय कहाँ प्रयोग भएको छ भनी विगतलाई नियाल्ने हो भने प्रहरीहरुले कुनै घटना वा व्यक्तिलाई अनुसन्धान गर्दा अनुसन्धानको क्रममा प्रमाणहरु संकलन गर्नको निमित्त शंकास्पद व्यक्तिलाई कुनै किसिमको प्रलोभन देखाई हनी ट्र्यापमा पारेको पाइन्छ । त्यस्तै गरी राजनीतिज्ञहरुले आफ्नाे स्वार्थ अनुरुपको राजनीतिक लाभ लिनको लागि कसैलाई परिपञ्चमा पार्नुपरेको खण्डमा यसको प्रयोग गरेको पाइन्छ ।

हाल आएर देशको परिस्थिति, सामाजिक कुरीति, महँगाइ, कमजोर आर्थिक हैसियत, साक्षरताको कमीको कारण छिट्टै सजिलो तरिकाले आर्थिक आम्दानी गर्ने हेतु हनी ट्र्याप गर्ने प्रविधि बढेको छ । विदेशतिर नियाल्ने हो भने स्क्यामरहरुले राम्रो जागिर दिलाइदिने नाउँमा, राम्रो घर वा कोठा खोजिदिने नाउँमा, घरमै बसी–बसी सजिलो तरिकाले आम्दानी गराइदिने नाउँमा, भारी रकमको चिठ्ठा पारिदिएको भन्ने बहानामा यसलाई प्रयोग गरेको पाइन्छ । हामीकहाँ कसैलाई अनैतिक वा अवैध यौन व्यवहारमा फसाएर आर्थिक लाभ लिनको लागि यसको प्रयोग भएको पाइन्छ ।

ती संगठित व्यक्तिले परिचालन गरेको हनी याने सुन्दर व्यक्तिले प्रारम्भमा सामाजिक सञ्जालकै माध्यमबाट उनीहरुको छनोटमा परेको अपरिचित व्यक्तिसँग साथी बनाउने ढोंग गर्दै साथीको नाताबाट सम्बन्ध अगाडि बढाउँछ ।

अनुचित लाभ लिनको लागि सामाजिक सञ्जालको माध्यमले कुनै व्यक्तिको गोप्यरुपमा सम्पूर्ण जानकारी संकलन गर्दछन् । संकलन गरेको जानकारी अनुरुप कस्तो व्यक्तिलाई जालमा फसाउने भनेर अनौपचारिक योजना बनाउँछन् । विशेष गरी बढी सम्पन्न भई आर्थिकरुपमा बलियो भएका र पारिवारिक बन्धनमा परेका विवाहित व्यक्तिहरु उनीहरुको छनोटमा पर्दछन् ।

यी कार्य गर्नको लागि केवल एकमात्र व्यक्ति नभई एकै संगठनमा विभिन्न थरीका व्यक्तिहरुको मिलेमतो रहेको पाइन्छ । भित्रीरुपमा काम गर्नको लागि जे–जस्ता व्यक्तिहरु समावेश भए तापनि बाहिरीरुपमा देखा पर्ने व्यक्ति भने रुप–रंगमा निकै नै लोभ लाग्दा, मनमोहक नै हुन्छन् । ती संगठित व्यक्तिले परिचालन गरेको हनी याने सुन्दर व्यक्तिले प्रारम्भमा सामाजिक सञ्जालकै माध्यमबाट उनीहरुको छनोटमा परेको अपरिचित व्यक्तिसँग साथी बनाउने ढोंग गर्दै साथीको नाताबाट सम्बन्ध अगाडि बढाउँछ ।

साथीको रुपमा अगाडि बढाएको सम्बन्धलाई बिस्तारै प्रेममा परिणत गर्दछ र सो प्रेम सम्बन्धलाई प्रगाढ बनाउने नाउँमा शारीरिक सम्बन्धको प्रलोभन देखाई बिस्तारै शारीरिक सम्बन्ध कायम राख्छ । तत्पश्चात् उक्त व्यक्ति ट्र्यापमा परेको छ भनी ढुक्क भएर उनीहरुबीच भएको नाटकी प्रेमको माध्यमबाट ट्र्यापमा पारेको व्यक्तिलाई ब्ल्याकमेल शुरु गर्दछन् र उनीहरुबीच भएको प्रेम सम्बन्ध अन्ततः आर्थिक कारोबारद्वारा समाप्त गर्दछ ।

यदि उनीहरुको मागबमोजिमको कार्य नगरेमा वा मागेको रकम नदिएमा प्रहरीमा जाने धम्की दिन्छन् । प्रहरीलाई सम्पूर्ण प्रमाणहरु पेस गरी जबरजस्ती करणीको मुद्दा लगाएर जीवनभर कारागारमा कुहाइदिने अनि पारिवारिक जीवनलाई समेत तहसनहस बनाइदिने भनी नकारात्मक परिणामहरुको धम्की दिन्छन् ।

हनी ट्र्याप गर्ने व्यक्तिले आर्थिक कारोबारको विषयलाई अगाडि बढाउनको निमित्त आफ्नो पारिवारिक नातागोताका व्यक्ति हुन् भनी अन्य सदस्यलाई समावेश गरेर पैसाको सौदाबाजी गर्ने गर्दछन् । पैसाको सौदाबाजी गर्दा दुईजनाबीच भएको वार्तालाप, कतै होटल वा कहीँ बसेको भए त्यसको अडियो तथा भिडियो रेकर्ड गरी राखेको छ भन्दै तर्साउँछन् ।

यदि उनीहरुको मागबमोजिमको कार्य नगरेमा वा मागेको रकम नदिएमा प्रहरीमा जाने धम्की दिन्छन् । प्रहरीलाई सम्पूर्ण प्रमाणहरु पेस गरी जबरजस्ती करणीको मुद्दा लगाएर जीवनभर कारागारमा कुहाइदिने अनि पारिवारिक जीवनलाई समेत तहसनहस बनाइदिने भनी नकारात्मक परिणामहरुको धम्की दिन्छन् ।

त्यसैले छिट्टै निर्णय गरी पैसा दिनु भनी दबाब दिन्छन् । त्यसरी दबाबका साथै धाकधम्की आइसकेपछि ट्र्यापमा पर्ने व्यक्ति आफ्नो पारिवारिक जीवन बचाउन र आफ्नो नाजायज तथा गोप्य सम्बन्धबाट छुटकारा पाउनको निमित्त उनीहरुले बोलेबमोजिमको रकम तिर्न तयार भएको पाइन्छ ।

ठगी गर्न नहुने भनी मुलुकी अपराध संहिता २०७४ ले विभिन्न कानुनी प्रावधानहरुको व्यवस्था गरेको छ । जस्तै– मुलुकी अपराध संहिता २०७४ दफा २५३ ले आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने भनेको छ । कानुनमा विभिन्न थरीका व्यवस्था भए तापनि हनी ट्र्याप गर्ने समूहहरु जताततै तीव्ररुपमा फैलिरहेको देखिन्छ । त्यसको कारण के हो भन्ने बारेमा कसैको ध्यान आकर्षण भएको देखिन्न । समस्याको किनारा लगाउनको लागि वास्तवमा हामी समस्याको जरासम्म पुग्नुपर्ने आवश्यकता हुन्छ ।

यसरी ठगी गर्न नहुने भनी मुलुकी अपराध संहिता २०७४ ले विभिन्न कानुनी प्रावधानहरुको व्यवस्था गरेको छ । जस्तै– मुलुकी अपराध संहिता २०७४ दफा २५३ ले आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने भनेको छ । आपराधिक लाभ (एक्सटर्सन) भनेको कसैले कुनै व्यक्तिलाई निजको वा अरु कसैको कुनै क्षति पु¥याउने डर–त्रासमा पारी निजबाट बेइमानीपूूर्वक आफ्नो वा अरु कसैको लागि कुनै लाभ उठाएमा वा त्यस्तो लाभ उठाउने नियतले कुनै काम गराएमा वा निजलाई कुनै काम गर्नबाट रोकेमा आपराधिक लाभ लिएको भनिन्छ भनी सोही दफामा परिभाषित गरेको छ । दफा २५३(क) मा आपराधिक लाभ लिने नियतले कसैको ज्यान लिने, अंगभंग गर्ने वा गम्भीर चोट पु¥याउने डर वा त्रास देखाएमा सात वर्षसम्म कैद र सत्तरी हजार रुपियाँसम्म जरिबाना हुने व्यवस्था गरेको छ । २५३(ख) मा कसैको व्यवसायमा गैरकानुनी तरिकाले कुनै क्षति पु¥याउने वा चरित्रमा झुटो दोष लगाउने नियतले डर–त्रास देखाई आपराधिक लाभ लिएमा तीन वर्षसम्म कैद र तीस हजार रुपियाँसम्म जरिबाना र माथि उल्लिखित (क) र (ख) मा लेखिएबाहेक अन्य अवस्थामा आपराधिक लाभ लिएमा एक वर्षसम्म कैद र दश हजार रुपियाँसम्म जरिबाना भनी व्यवस्था गरेको छ ।

कानुनमा विभिन्न थरीका व्यवस्था भए तापनि हनी ट्र्याप गर्ने समूहहरु जताततै तीव्ररुपमा फैलिरहेको देखिन्छ । त्यसको कारण के हो भन्ने बारेमा कसैको ध्यान आकर्षण भएको देखिन्न । समस्याको किनारा लगाउनको लागि वास्तवमा हामी समस्याको जरासम्म पुग्नुपर्ने आवश्यकता हुन्छ । यस विषयमा पीडितहरुको मनोविज्ञान हेर्दा उनीहरु कानुनद्वारा नै पीडित भएको भन्ने बुझाइ रहेको पाइन्छ । किनभने बारम्बार सबैजसो पीडितलाई जबरजस्ती करणीजस्तो संवेदनशील मुद्दाको आरोप लगाइदिने भन्ने धम्की र सो विषयमा पीडितले उजुरी दिन जाँदा आपराधिक कार्य कुन पक्षबाट भयो भन्ने मानक सम्बन्धित कार्यालयबाट नगरी उल्टै आफैँलाई पक्रेर कारबाही गर्ने हो कि भन्ने त्रासका कारण पीडितहरु कानुनको दायरामा आउन नखोजेको पाइन्छ । त्यसकारण जाहेरी लिने निकायदेखि लिएर कानुनको परिपालन गराउने निकायहरुले कुनै पनि महिला–पुरुषमा भेदभाव नराखी सबै खाले व्यक्तिको गुनासोलाई लिएर कारबाहीको दायरालाई फराकिलो बनाएमा समाजमा समयसापक्ष भइरहने यस्ता किसिमका अपराधहरु नियन्त्रण गर्न सहज हुन सक्छ ।

अब सुरू गराैं : काभ्रेपलान्चोक जिल्ला धुलिखेल नगरपालिका–२ घर भएका ध्रुवप्रसाद घोरसाइनेलाई रमा कार्की र यादव घोरसाइनेले हनीट्रयापको माध्यमबाट थप ठगी गरेका थिए ।

शुरुमा अमेरिका लैजाने भन्दै पटक–पटक गरी डेढ करोड रकम लिएर फिर्ता नगरेका ती दुईले हनीट्र्यापको माध्यमबाट ठगी गरेको रकम पचाउन खोजेका थिए ।

ललितपुर महानगरपालिका–२ बस्ने ३१ वर्षीया रमा कार्कीसमेत लेनदेन लिखत बदर र जालसाजी मुद्दामा पक्राउ परेकी थिइन् ।

२०८० साल भदौ ३१ गते धुव्र घोरसाइनेलाई दिनुपर्ने रकम दिन्छु आउनू भनेर ललितपुर जिल्ला अदालतअगाडि बोलाई ५/७ जना व्यक्ति मिलेर बाटोमा हतियारसमेत देखाई मुद्दा फिर्ता लिन धम्की दिएको, विष्णुबहादुर कार्की, रमा कार्की र यादव घोरसाइनेले पटक–पटक अमेरिका पठाउँछु भनेर नगद तथा सुनका गरगहनासमेत गरी करिब डेढ करोड ठगी गरेको बुझिएको छ ।

अमेरिका नपठाउने र पैसा पनि फिर्ता नदिने भएपछि धुव्रप्रसाद घोरसाइनेले जालसाजी र लेनदेन विषयमा मुद्दा दायर गरेका थिए ।

रमा कार्की लगायतले ग्लोबल आईएमई बैंकको ५२ लाखको चेक दिएका थिए । सोही दिन सोही बैंकको एटिएम कार्ड, तीन तोलाको सिक्री, आधा तोलाको औँठी र दुई तोलाको ब्रासलेटसमेत उनीहरूले धु्रवप्रसाद घोरसाइनेबाट लुटेर लगेका थिए ।

२०८० भदौ १० गतेका दिन उक्त घटना भए पनि घोरसाइनेले शान्ति–सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा निवेदनसमेत दिएका थिए । ध्रुवप्रसाद घोरसाइनेजस्ता थुप्रै व्यक्तिलाई यादवमार्फत रमा कार्की र उनका बाबु विष्णुबहादुर कार्कीले ठगी गरेको एवं रमा र विष्णुका कारण उनकी दिदी रूपा कार्की अनाहकमा फसेकी छन् ।

उनको खातामा समेत ठगी गरेको रकम जम्मा भएको देखिएपछि प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो । उनलाई जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । रमा कार्कीले भने अरु केटालाई समेत सोही योजनाअनुसार ठग्दै आएको खुलेको छ ।

आफैँ फकाएर बोलाउने अनि ‘हनीट्रयाप’ अर्थात् महिलासँग अनैतिक सम्बन्ध राख्न खोजेको बहाना बनाएर सर्वसाधारणलाई ठगी गर्ने गिरोहका केही सदस्य पुर्पक्षका लागि जेल गएका छन् भने केहीलाई पक्राउका लागि जिल्ला अदालत काभ्रेपलाञ्चोकले आदेश दिएको छ ।

नेपाल सरकार वादी र रमा कार्कीसमेत प्रतिवादी भएको ठगी मुद्दामा काभ्रेपलाञ्चोक जिल्ला अदालतले माघ २२ गते थुनामा राखेर थप अनुसन्धानका लागि आदेश गरेको छ ।

सूचना अधिकारी हिराकुमारी भण्डारीका अनुसार रमा कार्कीलाई थुनामा राख्न र उनीसँगै पक्राउ परेकी रूपा कार्कीलाई धरौटीमा छाड्ने आदेश भएको छ ।

रूपा कार्कीलाई १ लाख ३० हजार धरौटी माग गरिएको थियो । उनीहरूसँगै धुलिखेल नगरपालिका–१ घर भएका यादव घोरसाइने र साविक दामन गाविस–१ घर भई परिवर्तित थाहा नगरपालिका–३ बस्ने हाल ललितपुर महानगरपालिका–२ का विष्णुबहादुर कार्कीलाई पक्राउ आदेश जारी भएको छ । रमा र रूपा उनै विष्णुबहादुर कार्कीका छोरीहरू हुन् ।

धुलिखेल घर भएका यादव घोरसाइने पटक पटक ठगी घटनामा पक्राउ परेका व्यक्ति हुन् । केही वर्षअघि जेलसमेत बसेर छुटेका यादवले पुनः जेलबाट छुटेर सोही पेशा व्यवसायलाई निरन्तरता दिएका थिए ।

उनले आफन्तको रकम लिएर तथा विभिन्न मुलुक पठाउँछु भन्दै गिरोहका सदस्यहरूसँग मिलेर ठगी गर्दै आएका थिए । आमाको निधन हुँदासमेत किरिया गर्न आएनन् । राजधानीमा लुकेर बसिरहेका यादवले आफैँ ठगी गर्दै र गाली बेइज्जती भयो भन्दै विभिन्न क्षेत्रका व्यक्तिलाई मुद्दासमेत दर्ता गरेका छन् ।

प्रहरीले खोज्दा फरार हुने यादव अदालतमा पुगेर भने मुद्दा दर्ता गराउँदै हिँडेका थिए । जिल्ला प्रहरी कार्यालय काभ्रेले दर्ता गरेको ठगी मुद्दामा जिल्ला अदालत काभ्रेपलाञ्चोकले पक्राउ पुर्जी जारी गरेको हो ।

याे पनि…

कांग्रेस नेता बानियाँको हनीट्रयाप काण्ड : सेटल गर्न करोडको चलखेल