वि.सं.२०८१ कात्तिक १७ शनिवार

राष्ट्रपतिले उद्घाटन गरेको कृषि महोत्सवमा संभो*गको चित्र प्रदर्शन

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले काभ्रेमा आयोजित बृहत् कृषि महोत्सव उद्घाटन गरेका छन् ।

पौडेलले आज शुक्रबार बनेपामा आयोजित बृहत् काभ्रेपलाञ्चोक कृषि  –२०८० को उद्घाटन गरेका हुन् ।

उद्घाटनमा बोल्दै राष्ट्रपति पौडेलले कृषि क्षेत्रको विकासमार्फत मुलुकको समृद्धि र विकासमा जोड दिनुपर्ने बताए।

“राजनीतिक परिवर्तनपछि मुलुकको आवश्यकता आर्थिक समृद्धि, विकास र शान्ति हो । कृषि क्षेत्रको विकासमार्फत मुलुकको समृद्धि र विकास गर्नुपर्छ”,पौडेलले भने,” मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति निर्माता, योजनाविद् र सरकारले विशेष कार्यक्रम ल्याउनु आवश्यक छ।”

राष्ट्रपति पौडेलले मूलतः कृषि, पर्यटन, जलस्रोत र उद्योग व्यवसायको विकासबाट नै औद्योगिकीकरणको मार्ग प्रशस्त गरी आर्थिक रुपमा समृद्ध नेपालको निर्माण गर्नसक्ने धारणा राखेका छन्।

जिल्ला समन्वय समिति, बनेपा नगरपालिका, कृषि विकास कार्यालय, पशु सेवा कार्यालय तथा काभ्रेपलाञ्चोक उद्योग वाणिज्य संघद्वारा संयुक्तरुपमा आयोजित बृहत् कृषि महोत्सवमा विभिन्न जिल्लाबाट विद्यार्थीदेखि किसानहरुले समेत आफ्नो कला प्रदर्शन गरेका थिए ।

महोत्सवमा खोटाङका दिपक राई नाम बताउने एक युवाले भने इतिहास बचाउने दिपक राईको कला लेखेको ब्यानर टासेर मान्छेको जन्मदेखि मृत्युसम्म हुने कुराहरूलाई काठको चित्रमार्फत प्रदर्शन गरेका थिए।

उनले संभोगदेखि जन्मेपछि मान्छेलाई आवश्यक पर्ने हरेक कुरालाई उतारेका थिए । साथै, जिल्लाका विभिन्न पालिकाबाट ल्याइएको तरकारी,फलफूललगायका कुराहरू पनि राखिएको थियो। आजबाट सुरु भएको कृषि महोत्सव चार दिनसम्म सञ्चालन हुने बताइएको छ ।