वि.सं.२०८१ भदौ २८ शुक्रवार

भाइरल भिडिओका नक्कली डीएसपी कर्याप्यै..!

डीएसपी भन्दै चालकलाई धम्क्याउने तथा थर्काउने नक्कली डीएसपी पक्राउ परेका छन्।

तराई मुलका गाडी चालकलाई लाजिम्पाट क्षेत्रमा धम्कयाउँदै आफू प्रहरीको डीएसपी भन्दै नागरिकता समेत मागेका नक्कली डीएसपी पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा काठमाडौं प्रहरी परिसरको टोलीले काठमाडौं महानगरपालिका-४ चुनदेवीका ५२ वर्षीय प्रविन श्रेष्ठ छन्।

जिल्ला प्रहरी परिसर काठमाडौं उनी बहालवाल तथा अवकाश प्राप्त डीएसपी नभई सर्वसाधारण व्यक्ति रहेको जनाएको छ। तर उनले आफू डीएसपी भन्दै थर्काउने काम गरेका थिए।

मधेसी मुलका एक व्यक्तिलाई उनले थर्काएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

पक्राउ परेका विरुद्ध नैतिकता विरुद्धको कसुर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।