वि.सं.२०८१ असोज २५ शुक्रवार

नगरपालिकाका अधिकृतको कान्छीसँग अफिस मै टिकटक: ‘चुकुल लगाएर’ डान्समा मस्त..!

नेपालका सरकारी कार्यालयको कर्मचारीहरुले कार्यालयलाई टिकटक बनाउने अखडा

रौतहटको मौलापुर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु प्रसाद साहले आफ्नो कार्यकक्षभित्रै टिकटक बनाउँदै गरेको तस्बिर सार्वजनिक भएको छ।

साहले आफ्नी श्रीमती रानी साहसँग कार्यकक्षको कुर्सीमा बसेर टिकटक बनाउँदै गरेको तस्बिर बाहिरिएको हो। साह इन्जिनियर पनि हुन् ।

साह करिब डेढ वर्षदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतमा नगरपालिकामा कार्यरत छन्।

पछिल्लो समय सरकारी कार्यालयका कर्मचारीहरू कार्यालयमै बसेर टिकटक बनाउने होड नै चल्न थालेको छ।

सडक, बजार, पार्कलगायतका स्थानहरूमा टिकटक बनाउने काम सामान्य बनिसकेको छ।

श्रीमती रानी साहले केहि दिन अगाडी श्रीमानकै कुर्सीमा बसेर टिकटक बनाएकी थिइन् ।

सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले अख्तियारको दुरुपयोग गर्न नहुने प्रशासनविदहरु बताउने गर्छन ।

स्रोतको अनुसार निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु प्रसाद साहले दुई विवाह गरेका छन् ।

नगरपालिका कै एक कर्मचारीका अनुसार उनीहरु टिकटक बनाउँदा चुकुल लगाएर डान्स गर्ने गर्थे ।

नगरपालिकाकी मेयर रीनाकुमारी साहले कार्यालयभित्र यसरी टिकटक बनाउन नपाइने बताइन्।

आवश्यकता अनुसार उनलाई कारबाही प्रक्रिया अघि बढ्ने मेयर साहको टिप्पणी छ ।

श्रीमतीसंग टिकटक बनाउन फुर्सद मिलेका यी कर्मचारी जनताको सिफारिस बनाउन भने झर्को मान्ने गरेको स्थानीय सुनिलबाबु पटेलले बताए । उनले नगरपालिकालाई आफ्नो घर बुझी आफ्नो पदीय गरिमालाई समेत धज्जी उडाएको प्रस्ट देखिन्छ ।

हाल यो भिडियो उनको श्रीमतीककाे प्रोफाइलबाट डिलिट गरिएको हो ।

पछिल्लो लामो समय देखि नेपालका सरकारी कार्यालयको कर्मचारीहरुले कार्यालयलाई टिकटक बनाउने अखडा बन्न थालेका छन् ।