वि.सं.२०८१ असोज २५ शुक्रवार

बाजुरा घटना अपडेट : पीडीत महिलाका आफन्तले बुझाए गृहमन्त्रालयमा ध्यानाकर्षण पत्र

सुदुरपश्चिम प्रदेशकाे बाजुरा जिल्लामा गर्भवती दलित महिला बलात्कार भएको घटनामा प्रहरीले उल्टै पीडित पक्षलाई थुनेको प्रति बलात्कृत पीडीत महिलाका आफन्तले गृहमन्त्रालयमा ध्यानाकर्षण गराएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराले पीडीत महिलाका श्रीमान र देवेरलाई उल्टै कुटपिटको मुद्दा लगाएर विना कारण हिरासतमा राखेको प्रति देवर र देउरानीले गृहमन्त्रालयमा ध्यानाकर्षण गराएका हुन् ।

त्यहाँको परम्पराकै निरन्तरता अनुसार यही पौष १० गते पीडितको घरगाउँ नजिकै भैले पुर्णीमाको दिन स्थानीय मेला लाग्ने गर्दछ । त्यहीँ मौका छोप्दै स्थानीय २५ वर्षीय जंगसिंह बुढाले बलात्कार गरेका थिए।

आफुमाथि बलात्कार भएको भन्दै ती पीडीत महिला दुईदिन लगाएर जिल्ला प्रहरी कार्यालय मार्तडीमा फिराद गराउन गरेका पीडीत महिलाका श्रीमानसहित ४ जनालाई प्रहरीले समातेर हिरासदमा राखेको छ ।

त्यसको प्रतिकार गर्दै उनका देवर जिवन सुनार र देउरानी दिपिका सुनार, पत्रकार प्रेम विक, अधिकारकर्मी गोरख सार्की, राष्ट्रीय दलित पत्रकार संघ नेपाल, उपत्यका प्रदेशका उपाध्यक्ष गणेश विक र धर्म सुनारले (आज) गृहमन्त्रालय पुगेका थिए ।

यस्ताे छ ध्यानाकर्षण पत्र

 

मेरै श्रीमतीलाई ज*बर*ज*स्ती क*र*णी गर्ने मलाई नै उल्टै मुद्धा हाल्ने ?

डिएसपी कविन्द्र बोहोराको दादागिरी : बलात्कार घटनाका पीडित पक्ष थुनामा