आज म प्रहरी हिरासतमा बसेको पाँच दिन भयो । मेरो शारिरिक र मानसिक यातनाको त लेखाजोख गरि साध्य छैन् । मैले त्यस्तो के अपराध गरे ? जसले मलाई प्रहरी हिरासत चिसा रातहरु विताउनु परिरहेको छ । एकातिर बाल बच्चाहरुको विचल्ली छ ।
अर्कोतिर दुई जीउकी श्रीमती खै न्याय माग्न कता कता धाईरहेकी होलीन् ? न्याय माग्न आउने ठाउँमा त मै थुनियर बसेको छु ।
सत्य सेवा सुरक्षणम नारासहितको प्रहरी मेरो साथीको मुस्कानले त उल्टै मलाई असैय पारिरहेको छ ।
उ हासिरहेको छ । म रोईरहेको छु ।
मेरा बालबच्चा र दुई जीउकी श्रीमती मार्तडी बजारका गल्ली गल्ली पोल्ठो थाप्दै न्यायको भिख मागिरहेकी छिन् । निर्दोश मेरा कान्छा भाइहरुपनि प्रहरीकाे हत्कडीमा बेरिएर एकएक गरी कष्टडीका पुगिरहेका छन् । उनले पनि म जतिकै अनायस्य पीडा भाेकी रहेका छन् ।
त्यस्तो के नै भएको थियो र ? जस्ले मेरो सिंगै परिवारको छिल्ली विल्ली बनायो ।
हेर्नेस् : भएको यत्ति हो ।
डिएसपी कविन्द्र बोहोराको दादागिरी : बलात्कार घटनाका पीडित पक्ष थुनामा