वि.सं.२०८२ मंसिर १५ सोमवार

‘प्रभु प्रकरण’-५ : (सीईओ) शेरचन पक्राउ

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन पक्राउ परेका छन् ।

‘प्रभु प्रकरण’-४ : सीईओ अशोक शेरचन गम्भिर आर्थिक अपराधमा संलग्न

आर्थिक अपचलनको आरोपमा उनलाई आज पक्राउ गरिएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीले उनलाई नियन्त्रणमा लिएको प्रवक्ता एसएसपी शिव श्रेष्ठले बताए ।

यसअघि प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचन पक्राउ परेका थिए ।

उनीविरुद्ध ९८ करोड रुपैयाँ ठगी गरेको आरोप लगाउँदै प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले जाहेरी दिएकी थिइन्।

समाचारकाे प्रभाव : प्रभु ग्रुपका अध्यक्ष भट्टचन पक्राउ, ९८ करोड ठगी गरेको आरोप

भट्टचनमाथि अनुसन्धानका क्रममा बैंकका सीईओ शेरचनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्ने कारण पक्राउ गरिएको प्रहरीले जनाएको छ ।