काठमाडौं । नेकपा एमालेका पूर्वसांसद देवी भट्टचन पक्राउ परेका छन् ।
प्रभु ग्रुपसँगै सम्बन्धित आर्थिक हिनामिनामा उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आज ललितपुरबाट पक्राउ गरेको हो ।
प्रभु ग्रुपका अध्यक्ष समेत रहेका भट्टचनविरुद्ध यसअघि नै उजरी समेत परेको थियो ।
भट्टचनविरुद्ध ९८ करोड रुपैयाँ बढी ठगी गरेको आरोपमा प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले नै जाहेरी दिएकी थिइन् ।


























