वि.सं.२०८० फागुन ११ शुक्रवार

क्रिक्रेटर आशिफ शेखमाथि बलात्कार आरोप

क्रिक्रेटर आशिफ शेखमाथि बलात्कार आरोप लागेको छ।

एक युवतीले आशिफ शेखलाई बलात्कार गरेको आरोप लगाएकी हुन्।

आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित युवती महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेकी थिइन् । पीडित पक्षलाई परिसर प्रहरीले कालीमाटीस्थित महला सेलमा पठाएको थियो।

महिला सेलले उनीहरूलाई उजुरीमा रित नपुगेको भन्दै फर्काएको छ।

यता पीडित पक्षले रित पुगाएर सोमबार निवेदन दिने जानकारी दिएको छ ।

यसअघि नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछाने पनि बलात्कारको मुद्धा झेलिरहेका छन् ।