पछिल्लो समय नेपालका सरकारी कार्यालय कर्मचारीहरुको टिकटक बनाउने अखडा बन्न थालेका छन् । केहीबर्ष यता समाजिक सञ्जालहरु मध्ये लोकप्रिय बन्दै गएको टिकटकमा सर्वसाधारण प्रयोगकर्ता रमाउन थालेपछि सरकारी कर्मचारीहरु कार्यालय समयमा समेत टिकटकमै ब्यस्त हुन थालेको पाईन्छ।
निजामति कर्मचारीको आचारसंहिता बिपरित सामाजिक सञ्जालमार्फत सरकारी पोशाक लगाए कहिले कार्यक्षमै टिकटक बनाएको भेटिने गरेको छ त कहिले समाजमा अपाच्य हुने नाच भेटिन थालेको छ ।
सरकारी पोशाक लगाएका कर्मचारीहरुले ‘डगी’ पोजमा चार हातखुट्टा टेकेर उत्तेजक भंगीमा देखाएका छन् । ब्याकग्राउन्डमा कुनै हिन्दी गीतको म्युजिक बजिरहेको सुनिन्छ ।
पश्चिमा समाजमा प्रचलित यो डान्स स्टेप अहिले नेपालका डान्स पार्टीहरुमा पनि खुबै देखिन थालेको छ । अहिले तिज डान्समा धेरै महिलाहरु यो स्टेप गरिरहेका छन् ।
यस्तै सरकारी पोशाकमै ‘डगी डान्स’ गरेपछि आलोचित बनेका स्वास्थ्यकर्मीले माफी मागेका छन् ।
दाङको बबई गाउँपालिकाले सञ्चालन गरेको हापुरे प्राथमिक अस्पतालमा कार्यरत कर्मचारीले ‘डगी डान्स’ गरेपछि चौतर्फी आलोचना भएको हो ।
विप्लवसहितका ४ राजनीतिक दलले गरेको बन्दको दिन कार्यालयमै अस्पताल प्रमुखसंग अनुमति लिएर उनीहरुले तीज बिशेष कार्यक्रम गरेका थिए ।
तीज बिशेष कार्यक्रममा कार्यालयको पोशाकमै रहेका बेला अस्पतालमा कार्यरत कार्यालय सहयोगी सन्ध्या बुढाले उक्त नाच प्रस्तुत गरेकी थिइन् । त्यो नाच प्रिङ्का वलीको मोवाईलमा खिचिएको थियो । प्रिङ्काले त्यसलाई आफ्नो टिकटकमा राखेपछि उनीहरुको चौतर्फी आलोचना भएको छ ।
त्यसपछि त्यो टिकटक सामाजिक सञ्जालमा भाइरल भयो । धेरै टिकाटिप्पनी भएपछि स्वास्थ्यकर्मीहरुले सामूहिक रुपमा माफी मागेका छन् । बिहीबार उनीहरुले टिकटकबाटै माफी मागेका हुन् । उनीहरुले गीत र भिडियो भुलबस पोष्ट भएकोमा माफी मागेका हुन् । सामाजको आफ्नो दायित्व नभुल्ने र मर्यादामा रहेर सेवा गर्ने जिम्मेवारीबाट आफूहरु बिमुख नभएको उनीहरुको भनाई छ ।






























