वि.सं.२०८० फागुन १० बिहीवार

डान्सबारमा युवतीलाई जबर्जस्ती न*ग्न नृत्य गराउने ‘गुन्डा नाइके’ सरोज उद्योगमन्त्री

सरकारलाई पूर्णता दिन नसकेर विवादस्पद छवी भएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी ‘गुन्डा नाइके’ लाई मन्त्री बनाएर थप विवादित बनेका छन् ।

नेपाली कांग्रेसबाट उद्योग तथा यातायात व्यवस्थामन्त्री बनेका सरोज थापा ( राेज राणा )पनि विवादत छबिका मन्त्रीकै रुपमा चिनिन्छन्।

लामो रस्साकसीपछि आइतबार प्रदेश प्रमुख अमिक शेरचनले नेकपा (माओवादी केन्द्र) बाट शहरी विकासमन्त्री बनेकी कृष्ण केसी (नमुना) र नेपाली कांग्रेसबाट उद्योग तथा यातायात व्यवस्थामन्त्री बनेका सरोज थापा ( राेज राणा ) रहेका छन् ।

नवनियुक्त मन्त्रीमध्ये थापा विवादित र आपराधिक पृष्ठभूमिका व्यक्ति हुन् ।  प्रदेश सरकारको नेतृत्व गरिरहेको कांग्रेसभित्रै असन्तुष्टि छताछुल्ल भएको छ ।

आवरणमा चलचित्र निर्माता र निर्देशक भनेर चिनिए पनि ‘रोज’ गुन्डागर्दीमा सामेल थिए ।

काठमाडौंका डान्सबारमा युवतीलाई जबर्जस्ती नग्न नृत्य गराएको अभियोगमा समेत उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

उनी ५ पटकसम्म पक्राउ पर्दै छुट्दै गरेको प्रहरी रेकर्ड छ । उनी कहिले गुन्डा नाइकेहरू दिनेश अधिकारी ‘चरी’को निकट पुग्थे त कहिले कुमार श्रेष्ठ ‘घैंटे’को । एकताका प्रहरीले अनुसन्धान बढाएपछि सुजन पौडेल (रमेश बाहुन) र चरीसँगै रोजसमेत भारत पुगेका थिए ।

प्रहरीको अनुसन्धानमा भारत बसाइकै क्रममा यी तीन जनाको सम्बन्ध थप घनिष्ठ भएको थियो । बाहुनलाई नेपाल प्रहरीले भारतीय सुरक्षा अधिकारीसँगको समन्वयमा पक्राउ गरी नेपाल ल्याएको थियो । रात्रिकालीन व्यवसायका क्रममा रोज अर्का गुन्डा नाइके घैंटेसँग समेत जोडिएका थिए । चरी २०७१ र घैंटे २०७२ मा प्रहरी इन्काउन्टरमा मारिएका थिए ।

‘रोज’ माथि २०७३ साउन अन्तिममा काठमाडौंको पुरानो बानेश्वरमा खुकुरी प्रहारको घटना पनि भयो ।

थप पुरा समाचार 

लुम्बिनीमा विवादस्पद छवीका दुई मन्त्री, जसले लिए पद तथा गोपनीयताको शपथ