भारतको दक्षिणी सहर हैदरावादमा प्रहरीले पैगम्बर मुहम्मदको बारेमा विवादास्पद टिप्पणी गरेको आरोपमा देशको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का एक स्थानीय सांसद ठाकुर राजा सिंहलाई पक्राउ गरेको छ ।
सिंहको टिप्पणीले ठूलो आक्रोश बढ्नुका साथै मुस्लिम समुदायबाट विरोध प्रदर्शन भएका छन् ।
दक्षिणी राज्य तेलंगानाको विधानसभामा दुई पटक विधायक बनेका सिंह प्रायः मुस्लिम विरोधी भाषणका कारण सञ्चार माध्यमको शीर्षक बनेका छन् । घृणा भाषण गरेको अभियोगमा दुई वर्षअघि फेसबुकले उनलाई प्रतिबन्ध लगाएको थियो ।
सिंहको विचार आफ्नै भएको र पार्टीको आधिकारिक धारणा विपरीत भएको जनाइएको छ ।
प्रहरीको प्राविधिक गल्तीका कारण अदालतले धरौटीमा रिहा गर्नुअघि सिंहलाई मंगलबार बिहान पक्राउ गरि केही समयपछि छोडिएको थियो ।
बुधबार अबेर राति ठूलो संख्यामा मुस्लिमहरू सहरका विभिन्न भागमा भेला भएर नाराबाजी गर्दै ढुंगा हानेर सिंहको पुत्ला जलाए ।