वि.सं.२०८१ असार १ शनिवार

भेट्न गएका मिश्रलाई ओलीले सिक्का दिएर पठाएपछि..!

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रबीच भेटवार्ता भएको छ।

ओलीसँग अढाई घन्टा भेट भएको मिश्रले सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै जानकारी गराएका छन्। आइतबार साँझ उनीहरुबीच भेट भएको हो।

आगामी आम निर्वाचनमा काठमाडौं–१ मा सहकार्यबारे छलफल भएकाे थियाे। ओलीले राती सुत्नुअघि कम्तिमा एक घन्टा पढ्ने गरेको मिश्रलाई सुनाएका थिए।

ओलीले चुच्चे नक्सासहित आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएको एक र दुई रुपैंयाको एक मुठ्ठी सिक्का उपहार दिएको मिश्रले उल्लेख गरेका छन्।