भारतको असममा पहिलो तेस्रो लिङ्गी न्यायाधीशको रुपमा २६ वर्षीया स्वाति विधान बरुवा न्यायाधीश बनेकी छिन् ।
स्वाति जुलाइ १४ मा गुवाहाटी जिल्लास्थित लोक अदालतको न्यायाधीशको रुपमा नियुक्त भएकी हुन्।
उक्त अदालतका २० जना न्यायाधीशहरूको सूचीमा अब स्वाति थपिएकी छन्। उनी भारतकी तेस्रो र असमकी पहिलो तेस्रो लिङ्गी न्यायाधीश हुन्।
स्वाति न्यायाधीश नियुक्त भए पनि उनी यो उपलब्धिलाई अन्तिम सफलता मानेकाे छैन् । सर्वोच्च अदालतसम्म पुग्ने उनको ठूलाे सपना रहेकाे छ।
“मेरो नियुक्ति तेस्रो लिङ्गीको अधिकारको दिशामा सानो भए पनि एउटा सकारात्मक कदम हो। भविष्यमा यसले हाम्रो समुदायका मानिसहरूलाई हौसला बढाउनेछ।”
उनी थप्छिन्, “तेस्रो लिङ्गीको हितका लागि समाजमा एउटा यस्तो उदाहरण पेश गर्न आवश्यक छ जसबाट उनीहरूप्रतिको नकारात्मक सोच बदलियोस्।”

प्रहरीलाई देखेरै तेस्रो लिङ्गीहरू डराउँछन्। यदि कुनै कारणले सरकारी विवरणमा उनीहरूको नाम छुट्यो भने भविष्यमा झन् समस्या होला। त्यसैले सर्वोच्च अदालतमा म रिट दायर गर्दैछु।”
हाल उनी आफ्ना आमाबुवासँग गुवाहाटीमा बस्छिन्। उनकी आमा गृहिणी हुन् भने बुवा रेल विभागका कर्मचारी।
स्वातिका दाइ गुवाहाटीमा एउटा ब्याङ्कमा जागिर गर्छन्। अर्थशास्त्रमा स्नातक गरेपछि स्वातिले कानून पढिन्।
लोक अदालतको न्यायाधीशको रुपमा आफ्नो पहिलो दिनको अनुभव सुनाउँदै उनले भनिन्, “ट्याक्सी चढेर म अदालत पुगेँ। हुन त अदालत साढे १० बजेदेखि शुरू हुन्छ। तर म १० बजे पुगिसकेकी थिएँ।”
गुवाहाटी उच्च अदालतका वरिष्ठ वकिल हाफिज रसीद अहमद चौधरी भन्छन्, यस्ता नियुक्तिले सिङ्गो समुदायको मनोबल बढाउन सघाउ पुर्याउँछ।































