वि.सं.२०८१ असार १ शनिवार

सुरज खड्काकाे हत्या : सत्यतथ्य पत्ता लगाउन परिवारको माग

काठमाडौंकाे सिनामंगलस्थित गैरीगाँउमा एक युवक आईतवार मृत भेटिएका छन् ।

दाेलखा जिल्लाकाे तामाकोशी गाउँपालिकाका ३२ बर्षिय सुरज खड्का मृत भेटिएका हुन्।

सिनामंगलस्थित गैरीगाँउमा बेवारिसे अवस्थामा सुरज मृत भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतकलाई प्रहरीले मुचुल्का उठाई पाेष्टमाटमका लागि टिचिङ अस्पतालमा राखिएको परिवारले जनाएको छ ।

मृतकमका पारिवारका अनुसार हत्या गरेर फालिएको सङ्का छ ।

सुरज खड्कालाई हत्या गरेर फालेको परिवारको दावी छ।

उक्त घटनाको सत्य तथ्य बाहिर ल्याउन र दोषी पत्ता लगाएर कडाभन्दा कडा सजायको माग परिवारले गरेकाे छ।

उक्त घटना बारेमा गाैशाला प्रहरीले थप अनुसन्धान गरिरहेको मृतकका परिवारले बताएका छन् ।