वि.सं.२०८० फागुन १० बिहीवार

टेलिभिजन अभिनेत्रीको नौलो फेशन, संवेदनशील अंग वरिपरि फूलको पर्दा (भिडियाेसहित)

भारतीय टेलिभिजन अभिनेत्री,मोडल तथा फेसन पारखी उर्फी जावेदको नयाँ स्वरुप देखिएको छ ।

विभिन्न फेशन पहिरिएर चर्चामा आउने उनी पछिल्लो पटक शरिरको संवदेनशील अंगलाई मनमोहक फूलले छोपेको पोशाक लगाएपछि भाइरल भएकी हुन् ।

शरिरको अग्रभागको संवेदनशील अंग वरिपरि उनले फूलको रंग पहेँलो,सेतो, नीलो,रातोले छोपेकी छन् । यसअघि पनि शरीरलाई फलामे सिक्रीलगायतका सामाग्रीले छोपेर फोटो सेसन गराएकी थिइन् ।

२५ वर्षीया जावेदले अचम्मको फेसन स्टाइलबाट सबैभन्दा धेरै चर्चा पाएकी छन् । लखनउको परम्परागत मुस्लिम परिवारमा जन्मेकी उनले विद्यालय शिक्षाको शुरुवात स्थानीय सिटी मन्टेश्वरीबाट थालेकी थिइन् । आमसञ्चार विषयमा स्नातक तह उत्तिर्ण गरेकी छन् ।