वि.सं.२०८० फागुन ११ शुक्रवार

गुण्डागर्दीमा उत्रिईन् एमाले अखिलकी अध्यक्ष सुनिता बराल : पत्रकारलाई कुट्ने धम्की

समाचारको विषयलाई लिएर अनलाइनखबरकर्मी बिनु सुवेदीलाई नेकपा एमालेको भातृ संगठन अनेरास्ववियकी अध्यक्ष सुनिता बरालले समाजिक सञ्जाल ट्वीटरमार्फत कुटपिट गर्ने भनी धम्काएको घटनाप्रति नेपाल पत्रकार महासंघले विरोध जनाएको छ ।

शुक्रबार महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गरी पत्रकार सुवेदीलाई एमालेको भातृ संगठन अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले कुटपिट गर्ने भनी धम्काएको घटनाप्रति विरोध जनाएका हुन् ।

‘पत्रकार सुवेदीलाई झापामा रिर्पोटिङ गरेर फर्किएपछि ‘विनु सुवेदीले कुन दिन झापाली जनताको रामधुलाई भेट्छिन्’ भनी एमाले कार्यकर्ताबाट गरेको ट्वीटमा अनेरास्ववियु अध्यक्ष बरालले असोज ६ गते बिहीबार कमेन्ट गर्दै जरुरत पर्लाजस्तो छ भनेर धम्की दिएको महासंघमा जानकारी प्राप्त भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।