नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन यति बेला दुई गुटमा विभाजन मात्र भएको छैन देशै भरी अलग अलग कमिटी गठन गर्दै कार्यक्रम गरेर अगाडि बढिरहेका छन् । दुवै पक्षलाई अहिले सम्म रोकिने निर्देशन पार्टी अध्यक्ष दिसकेको छैन् । हिजो विद्रोही समूह ले रिभोलुसनरी फोर्स गठन गर्दै माइतीघर देखि बानेश्वर सम्म मार्चपास कार्यक्रम गरेका छन् ।
आज पञ्चा सिंह समुहले राष्ट्रिय सभा गृहमा विद्यार्थी स्वयम सेवक राष्ट्रिय भेला तथा क्रान्तिकारी फोर्स गठन गर्ने भनेका छन् । अखिल (क्रान्तिकारी) भित्र ठूलै विवाद रहेको पार्टीले बुझेको र विवाद समाधान गर्न पार्टी कमिटी पनि पटक पटक बैठक बसेको थियो तर आजको दिनसम्म मा विवाद मिल्न सकेको छैन । विद्यार्थी संगठनको विषयमा शीर्ष नेताहरूबीच छलफल पनि चलेको थियो ।
त्यस छलफल पश्चात पार्टी अध्यक्ष कमरेड प्रचण्डले विवादको समाधानको बाटो पनि दिएको थियो तर विवाद हल हुन सकेन । उल्टै दुइटै पक्षले बैठक हल भित्र कुटाकुट गरे । पार्टीको केन्द्रीय समितिको बैठकमा पनि विद्यार्थी संगठन कै कुरा उठेको थियो । त्यसपछि पार्टीले सुझाव समिति बनाएर हल गर्ने प्रयास गरे । रमेश मल्ल संयोजक, रत्न ढकाल र नरेन्द्र न्यौपाने सदस्य रहेको उक्त समितिले सुझाव दिसकेको पनि महिनौ हुन लागि सक्दा पनि विवाद सुल्झेको छैन ।
अहिले विवाद मिलाउने जिम्मेवारी पार्टी अध्यक्ष प्रचण्डलाई दिएको छ । पञ्चा सिंह नेतृत्वको समुहको कार्यक्रममा प्रमुख अतिथि पार्टी अध्यक्ष प्रचण्ड हुने जानकारी गराएकिछिन् । पञ्चा सिंह नेतृत्वका उपाध्यक्ष इन्द्र भुसालले संगठनभित्र विवाद भएकाले एकपक्षिय कार्यक्रममा जान नहुने तर्क गरेका छन् । ‘विवादित कार्यक्रममा अध्यक्ष आउँदा झन विवाद थपिन्छ । त्यसैले भद्रगोल बनाउने भन्दा बरु पार्टीले थप छलफल गरी मिलाउन पल गर्नको लागि अनुरोध गर्दछु ।’ भुसालले लेखेका छन् । त्यसै, गरी विद्रोही कमिटीका प्रवक्ता उपदेश यादव संगको कुराकानीमा ‘यो संस्थापक र समानान्तर कमिटीको कुरै होइन ।
यो त वैधानिक र अवैधानिक कमिटीको कुरा हो । पार्टीले नै विद्यार्थी संगठनमा विवाद छ र सो विवाद मिलाउने प्रयास गर्दै आएको छ तर मिल्न सकेको छैन । पञ्चा कमरेड संग उहाँकै कमिटी भित्रका पदाधिकारी र सदस्यहरूको साथ छैन । सामाजिक सञ्जाल मार्फत नै बहिस्कार गर्ने कुरा गरेका छन् । यस्तो विवादित कार्यक्रममा अध्यक्ष प्रचण्ड आफै जाने कुरा भ्रम मात्रै हो ।’
विद्रोही कमिटीका संयोजक पवन कार्की संग कुरा गरेर बुझदा ‘अहिले संगठन भित्र विवाद चलिरहेको छ र यो कुरा पार्टीले पनि मनन गरेर विवाद मिलाउने जिम्मेवारी अध्यक्ष कमरेड प्रचण्ड लाई नै भएको हुनाले एक पक्षिय कार्यक्रममा जानु हुन्न भन्ने हामीलाई लागेको छ । यो विवाद दुइटा कमिटी को मात्र होइन स्वयम पञ्चा कमरेडका पदाधिकारी र त्यही कमिटी भित्र पनि मतभेद छ ।
यस्तो अन्योलता भएको कार्यक्रममा अध्यक्ष प्रचण्ड जाने कुरै भएन । अध्यक्षको नाम देखाएर मास र मीडिया तान्ने प्रयास मात्रै हो उहाँहरुको । देशभर बाट कार्यकर्ताको साथ पाउन नसकेका कमरेड पञ्चा सिंह को यो फण्डाको राजनीति मात्रै हो ।’ उनले भने ।