वि.सं.२०८१ माघ ६ आइतवार

एड्वानको अध्यक्षमा विन्दु परियार थापा

नेपाल दलित महिला उत्थान संघ (एड्वान) को अध्यक्षमा विन्दु परियार थापा चयन हुनुभएको छ ।

मंगलवार सम्पन्न (एड्वान) २३औँ वार्षिक साधारण सभा तथा अभिवेशनले उपाध्यक्षमा तिर्थ विक, महासचिवमा पम्फा थापा परियार, सचिवमा पम्फा नेपाली र कोषाध्यक्षमा सपना सुनारलाई सर्वसम्मत चयन गरेको हो ।

त्यसैगरी सदस्यमा राममाया विक र सपना परियारलाई चयन गरिएको छ । सोही अवसरमा संघीय संसद, राज्यका निर्देशक सिद्धान्त, नीति र दायिात्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिका सभापति निरादेवी जैरुले दलित समुदायसँग सम्वन्धीत ऐन÷कानून कार्यान्वयनमा जोडदिनुभयो ।

सामाजिक अभियान्ता डा. विष्णुमाया परियारले दलित समुदायलाई आर्थिक, सामाजिक र राजनीतिक रुपमा बलियो बनाउन सिमान्तकृत समुदायबीच एकताको आवश्यकता औँल्याउनुभयो ।

विसं २०५५ मा स्थापना भएको उक्त संस्थाले विपन्न समुदायका महिलालाई उद्यमशील बनाउनुका साथै अर्घाखाँची, गोरखा, चितवन, बागलुङ र तनहुँलगायत जिल्लामा आर्थिक अवस्था कमजोर भएका हजारभन्दा बढी विपन्न समुदायका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

संस्था स्थापना भएदेखि नै महिलालाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ, र विपन्न समुदायका विद्यार्थीलाई कसरी विद्यालयको पहुँचसम्म पु¥याउन सकिन्छ भन्ने उद्देश्यका साथ काम गर्दै आएको छ ।

एड्वानकी अध्यक्ष विन्दु परियार थापाले आगाममी दिनमा राज्यको मूलधारबाट पछाडि परेका गरीब, दलित, महिलालगायत अति सिमान्तकृत सुमदायलाई शैक्षिक, आर्थिक, सामाजिक, साँस्कृतिक र राजनीतिक रूपमा सशक्त बनाउन एड्वानको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।