दोस्रो पटक स्थगित अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक २६ साउनमा बोलाइएको छ ।
पछिल्लो समय भागबण्डा नमिलेपछि स्थगित हुँदै आएको बैठक तेस्रो पटकसमेत विभिन्न पदाधिकारी नियुक्तिमै रहनेछ ।
एन्फा स्रोतका अनुसार अघिल्लो १९ एजेन्डामै बैठक हुने बताइएको छ । पंकजबिक्रम नेम्बाङ अध्यक्षमा निर्वाचित भएपछि तेस्रो पटकलाई कार्यसमिति बैठक बोलाइएको हो । तर, दुबै बैठक स्थगित भएका थिए ।
गत २ साउनमा बोलाइएको पहिलो बैठकमा अध्यक्ष नेम्बाङ अस्वस्थ भएपछि स्थगित भएको थियो । यस्तै, ४ साउनमा बोलाइएको बैठक एजेन्डामा प्रवेश नगर्दै स्थगित भएको थियो । तर, नियुक्तिका विषयमा कुरा नमिल्दा बैठक रोकिएको थियो ।