काठमाडौंको नयाँ बानेश्वरस्थित नोबेल एकेडेमीमा अध्ययनरत छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकलाई बर्खास्त गर्न विद्यालय प्रशासन सहमत भएको छ ।
पाे पनि…
छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा नोबेल एकेडेमीका शिक्षक पक्राउ
बुधवार विद्यालय प्रशासन, विद्यार्थी र अभिभावकको बिचमा शिक्षक बर्खास्तीसहित ५ बुँदे सहमति भएको हो ।
भदौ १३ मा कक्षा १० मा अध्ययनरत छात्रालाई यौनजन्य म्यासेज पठाएको र दुर्व्यवहार गरेको आरोपमा प्रहरी वृत्त नयाँ बानेश्वरले शिक्षक सरोज भट्टराइलाई पक्राउ गरेको थियो ।
भक्तपुरको बालकोट बस्दै आएका ३० वर्षीय भट्टराई प्रहरी हिरासतमा छन् । भट्टराईलाई प्रहरीले अभद्र व्यवहार मुद्दामा ५ दिनको म्याद लिएर हिरासतमा राखेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।
विद्यालय प्रशासन र विद्यार्थीको बीचमा पीडित छात्राको तर्फबाट कानुनी प्रक्रिया अघि बढाउने र विद्यालयको तर्फबाट सहयोग गर्ने सहमति भएको छ ।