वि.सं.२०८१ माघ १ मंगलवार

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा नोबेल एकेडेमीका शिक्षक पक्राउ

विद्यार्थीसँग च्याटमा यौन दुर्व्यवहार

नयाँ बानेश्वरस्थित नोबल एकेडेमीका अंग्रेजी पढाउने शिक्षक सरोज भट्टराईले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार उनले विद्यार्थीसँग च्याटमा यौन दुर्व्यवहार गरेको आरोप लागेको छ।

‘उनलाई नियन्त्रणमा लिइ  तीनकुने वृत्तमा राखिएको छ।

कक्षा-१२ का विद्यार्थीहरूले सोमबार बिहानदेखि आरोपित शिक्षकलाई कारबाही माग गर्दै आन्दोलन गरेका छन्।

दुर्व्यवहारको विरोधमा बिहानैदेखि नोबेल एकेडेमी कलेजमा केही समय नारा जुलुस भएको थियो । त्यसपछि झण्डै एक सय जना विद्यार्थी नारा लगाउँदै माइतीघरतर्फ गएका थिए।

कलेजहरुमा यस्तो घटना धेरै नै देखिन थालेको र यसवीच काठमाण्डौ र बिराटनगरका केही शिक्षकलाई जेल चलान गरिसकेको अवस्था छ ।

राति-राति फेसबुकमार्फत छात्रालाई फोटो पठाउ भनेर निन्द्रा हराम गर्न खाेज्ने शिक्षक भण्डारी पक्राउ

कक्षा १२ मा पढ्ने एक छात्रालाई फेसबुक मेसेन्जरबाट दिनरात दुःख दिने गोकर्णेश्वर नगरपालिका ६ स्थित चामुण्डा माध्यमिक विद्यालयका एक शिक्षक प्रहरीकाे फन्दामा परेका छन्।

सामुदायिक विद्यालय चामुण्डा मा.वि. का कक्षा ११-१२ का विद्यार्थीलाई कम्प्युटर बिषय पढाउने शिक्षक अभिषेश भण्डारीलाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको हो ।

भण्डारीले सोही कलेजमा अध्ययनरत छात्रालाई विभिन्न प्रलोभन देखाउने र कम्प्युटर कक्षाको प्रयोगात्मक अंक पाउन आफुले भनेको कुरा मान्नुपर्ने दबाब दिएको पीडित वीच भएको फेसबुक कुराकानी खप्तडटिभीले फेला पारेकाे छ । पक्राउ परेका शिक्षक भण्डारीलाई खुशी पार्न राती च्याट गर्नुपर्ने मेसेन्जरबाट फोटो पठाउनु पर्ने र नमाने धम्की दिने आरोप लागेको छ ।

यस विषयमा चामुण्डा विद्यालयका निमित्त प्रधानाध्यापक गुणराम आचार्यसंग बुझ्दा घटना भएको जानकारी हुनेबित्तिकै आरोपित शिक्षक भण्डारीलाई प्रहरीलाई बुझाएको बताए ।

प्रधानाध्यापक आचार्यले विद्यालयमा थप अप्रिय घटना हुनबाट बचाउन गलत कार्यमा संलग्न शिक्षकलाई कारवाहीको लागि थप अनुसन्धानमा सहयोग गर्ने गरी एक विज्ञप्ति निकालिसकेको बताए ।

तर निष्काशनको लागि विद्यालय व्यवस्थापन समितिको बैठक सोमबार बस्ने जानकारी दिएको छ ।

शनिवार र विदाको दिन भेट्ने प्रस्ताव राखेर हैरान बनाउने र बारम्बार तस्बीर पठाउन आग्रह गरी दु:ख दिएको पीडित छात्राले बताईन् । उनीहरुवीच भएको कुराकानी साथीभाईलाई सुनाए राम्रो नहुने धम्की समते दिएको उनले बताईन् ।

आफ्नो सन्तुष्टिका लागि छात्राहरुले आफुले भनेको कुरा मान्नुपर्ने र गलत दृष्टिकोणबाट विद्यार्थीमाथी दुर्व्यवहार गरेको भन्दै साथीमार्फत उक्त कुरा बाहिर आएपछि विद्यालय प्रशासनमा जानकारी गराएकाे र प्रशासनले मिलाउने प्रयास गरेपछि मिडियासामु आएको पीडितका अभिभावकले बताए ।

थप कारवाहीको मागसहित पीडित छात्रा र उनका साथीहरुले महानगरीय प्रहरी वृत्त बौद्धमा निवेदन दिएको छ ।

साथै आवश्यक कारवाहीको माग राखि गोकर्णेश्वर नगरपालिका शिक्षा शाखामा समेत जानकारी गराएको पीडितका आफन्तले बताए ।