
राजेन्द्र महतो
सिरहा।सिरहामा सशस्त्र प्रहरी टोलीले ठूलो परिमाणमा भन्सार छलीका अवैध सामानसहित बोलेरो गाडी नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ गण सिरहा अन्तर्गतको सशस्त्र प्रहरी बेश क्याम्प मिर्चैयाका सशस्त्र प्रहरी निरीक्षक अनिल खड्काको कमाण्डमा खटिएको गस्ती टोलीले बुधबार राति मिर्चैया नगरपालिका–९ घुर्मी पुलस्थित चेक जाच गर्ने क्रममा र्सिंगल क्याप बोलेरो गाडी नियन्त्रणमा लिएको हो ।
पूर्व–पश्चिम राजमार्गमा नियमित सवारी चेक जाँचका क्रममा स.१च.१०४८ नम्बरको सिङ्गल क्याप बोलेरो रोक्दा सो गाडीमा कुनै बिल–बिजक नदेखिएको ठूलो परिमाणमा सामान फेला परेको हो।
गाडीमा बिलबिजक नभएको चिनी ४० बोरा, कविर सुर्ती २० बोरा र केराउ पाँच बोरासमेत गरी करिब रु ३ लाख २३ हजार मूल्य बराबरको सामान फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ गरेको बोलेरो गाडीको मूल्य रु करीब ९ लाख ५० हजार र समानको मुल्य करीब ३ लाख २३ हजार गरी जम्मा रु. १२ लाख ७३ हजार बराबर मुल्य रहेको सशस्त्र प्रहरीले जनाइएको छ।
बोलेरो चालक उदयपुर जिल्ला, कटारी नगरपालिका–१३, मयाङ्गखु का २१ बर्शिय सागर खत्रीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिइएको सामान तथा गाडी भन्सार कार्यालय कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल न. ७ गण सिरहाका प्रमुख तथा सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले
जानकारी दिए।





























