वि.सं.२०८१ असार १ शनिवार

बालेन किन गर्छन् उट्पट्याङ ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले फेरि सामाजिक सञ्जालमा उट्पट्याङ गरेका छन् । चाहिने नचाहिने गलफत्ती गरेर आफैंमाथि गाल निम्त्याउने बालेनले फेरि उटुपट्याङ गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखका छन्, ‘मेयर पोजिसनबाट मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन् । यो देश कहिल्यै पनि बन्दैन।’

बालेनले यसरी सामाजिक सञ्जालमै राजीनामाको कुरा गर्नुको कारण भने उनले खुलाएका छैनन् । बालेन आफुलाई विकास विरोधीहरुले कामै गर्न नदिएको आरोप लगाउँदै आएका छन् । यद्यपि, उनी आफैं विषयविज्ञ भएको घमण्ड पालिरहेका कारण अर्काको सरसल्लाह फिटिक्कै मानिरहेका छैनन् ।

टुकुचा खोला उत्खनन् गर्ने नाउँमा ठाउँ–ठाउँमा भ्वाङ पार्न लगाएका उनले अहिले सब अलपत्र छोडेका छन् । फुटपाथ कब्जा गर्नेहरुलाई लखेटेर गज्जब गरेको ठान्ने बालेनले एक पल्ट ति बाटाहरु कति भद्रगोल छन् भनेर आफैं हेरे हुन्छ ।