वि.सं.२०८१ असोज २६ शनिवार

बानेश्वर क्याम्पसको स्ववियु सभापतिका लागि भूमिराज अधिकारीको प्रवल दावेदारी

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन घोषणा भएसँगै सबैजसो विश्व विश्वविद्यालय एवं आंगिक क्याम्पसहरुमा विद्यार्थी संगठनका गतिविधि तीब्र भएका छन् ।

विद्यार्थी संगठनहरु ५ चैत्रमा हुने भनिएको स्ववियुको चुनावको तयारीमा जुटेसँगै गविविधिहरु तीब्र भएका हुन् । अन्तर्राष्ट्रिय स्तरमै ख्याति कमाएको त्रिभुवन विश्वविद्यालय समेत रहेको काठमाडौं उपत्यकामा स्ववियु निर्वाचनको अझ बढी चर्चा हुने गर्छ ।

स्ववियुकै कै कारण उपत्यकाका अधिकांश क्याम्पसहरु सँधै चर्चामा रहने गर्छन् । जस्तै, त्रिचन्द्र, शंकरदेव, अमृत साइन्स, आरआर, पद्मकन्या, पाटन, जनप्रशासन आदि क्याम्पसहरु स्ववियुकै कारण चर्चामा रहन्छन् । जहाँबाट राजनीति गरेका युवाहरु अक्सर अहिले मूलधारको राजनीतिमा छन् ।

र, पछिल्लो समय आफुलाई अब्बल बनाएको र चिनाएको क्याम्पस हो, बानेश्वर बहुमुखी क्याम्पस । जहाँ यो पल्टको स्ववियु निर्वाचन रोचक हुने देखिन्छ । त्यही क्याम्पसमा अखिल क्रान्तिकारीका तर्फबाट सभापतिको मुख्य दाबेदार हुन्, भूमिराज अधिकारी ।

अनेरास्वियु (क्रान्तिकारी)बानेश्वर बहुमुखी क्याम्पस कमिटीका उपाध्यक्ष समेत रहेका अधिकारी विद्यार्थीका हक हित र समस्या समाधानमा अहोरात्र खटिएका कारण लोकप्रिय त छँदै छन् संगठन निर्माणमा समेत उनी अब्बल सावित भइसकेका छन् ।

नेतृत्व क्षमता, व्यवहार एवं सिर्जनात्मक कुशलताका कारण उनलाई विपक्षी संठनका विद्यार्थीले समेत रुचाउछन्। कोरोना महामारीकाबेला उनले अहोरात्र आर्थिक विपन्नता भएका विद्यार्थीलाई खाद्यान्नको प्रबन्धदेखि आर्थिक सहयोग समेत गरेका थिए ।

शालिन एवं मिलनसार उनले बानेश्वर क्याम्पसको व्यवस्थापन प्रणाली र शैक्षिक गुणस्तर स्तरोन्नतिका लागि महाअभियान नै चलाउने प्रण गरेका छन् । क्याम्पस व्यवस्थापन एवं प्रशासनमा रहेका कमि कमजोरी तथा त्रुटीहरु सुधारका लागि स्ववियुको दरिलो उपस्थिति अनिवार्य रहेको उनको भनाई छ । अधिकारीले स्ववियुको उपस्थितिबिना क्याम्पसको आमूल सुधार एवं प्रवद्र्धन हुन नसक्ने बताएका छन् । त्यसका लागि स्ववियुको नेतृत्व सबल हुनु पर्ने अधिकारीको तर्क छ ।

आफु स्ववियुको नेतृत्वका लागि सबै दृष्टिकोणबाट सक्षम रहेको भन्दै अधिकारीले विद्यार्थीलाई एकजुट हुन निर्वाचनमा उल्लासपूर्वक सहभागि हुन अनुरोध गरेका छन् । काठमाडौं उपत्यकाका प्रमुख क्याम्पसहरूमध्ये बानेश्वर बहुमुखी क्याम्पस पनि अमुक क्याम्पस हो । यो क्याम्पसमा अहिले मुख्य गरी नेविसङ्घ, अनेरास्ववियु , अखिल (क्रान्तिकारी) र अनेरास्ववियु अमुक संगठनका रुपमा छन् । खासगरी यिनै चार संगठनबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारी फागुन २७ गतेलाई तोकिएको छ । विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन त्रिवि कार्यकारी परिषद्ले गएको पुस २२ गते आगामी चैत ५ गते गर्ने निर्णय गरेको थियो ।