वि.सं.२०८२ माघ २२ बुधवार

प्रतिनिधिसभा निर्वाचन:सिरहाका ४ क्षेत्रमा १ सय ३९ जनाको मनोनयन दर्ता


राजेन्द्र महतो
सिरहा।सिरहाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट कुल१ सय ३९ जनाले मनोनयन  दर्ता  गराएका छ्न।जसमध्ये क्षेत्र नम्बर १ मा ३२क्षेत्र नम्बर २ मा २९क्षेत्र नम्बर ३ मा ४१ क्षेत्र नम्बर ४ मा ३७ जनाले उम्मेदवारी दिएका छन्।
मुख्य निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतीका अनुसार, चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उमेदवार गरी जम्मा १ सय ३९ जनाले मनोनयन दर्ता गराएका छन् ।
सिरहा क्षेत्र -१ मा जम्मा ३२ जनाले उम्मेदवारी दर्ता गराएका छ्न,जसमा १८ जना स्वतन्त्र छन् ।
क्षेत्र नं-१ नेपाली कांग्रेसबाट राम सुन्दर चौधरी, नेकपा एमालेबाट राम शंकर यादव, नेपाली कम्युनिस्ट पार्टीबाट रामचन्द्र यादव, राष्ट्रीय स्वतन्त्र पार्टीबाट बब्लु गुप्ता, जसपा नेपालबाट सत्य नारायण यादव र जनमत बाट राम स्वरुप चौधरी लगायत अन्य १८ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छ्न।
याे क्षेत्रमा १ लाख ११ हजार ९४९ मतदाता रहेका छन् भने मतदान स्थल ५६ र मतदान केन्द्र १ सय ३० रहेका छन् ।
क्षेत्र नं-२ मा १५ स्वतन्त्रसहित २९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाली कांग्रेसबाट रामचन्द्र यादव, नेकपा एमालेबाट नवीन कुमार यादव, नेपाली कम्युनिस्ट पार्टीबाट मुक्ति नारायण सिंह, रास्वपाबाट शिव शंकर यादव (शिव), जसपा नेपालबाट संजीव कुमार यादव र जनमतबाट बिनोद कुमार यादव लगायत १५ जना स्वतन्त्र बाट उम्मेदवारी दर्ता गराएका छन् । यो क्षेत्रमा १ लाख १५ हजार ७६० मतदाता रहेका छ्न भने मतदान स्थल ५४ र मतदान केन्द्र १ सय ३६ रहेका छन् ।
त्यस्तै ,क्षेत्र नं-३ मा २९ जना स्वतन्त्रसहित ४१ जनाले उम्मेदवारी दिएका छ्न।
नेपाली कांग्रेसबाट सुभाष चन्द्र यादव, नेकपा एमालेबाट लिलानाथ श्रेष्ठ, रास्वपाबाट शम्भु कुमार यादव, नेपाली कम्युनिस्ट पार्टीबाट विश्वनाथ साह, जसपा नेपालबाट अशेश्वर यादव र जनमतबाट रोहित महतो लगायत २९ जनाले स्वतन्त्रबाट उम्मेदवार बनेका छन् ।
यो क्षेत्रमा जम्मा १ लाख १९ हजार २५० मतदाता रहेका छन भने मतदान स्थल ५३ र मतदान केन्द्र १ सय ३६ रहेका छन् ।
त्यसै गरी क्षेत्र न – ४ बाट २३ जना स्वतन्त्र गरी जम्मा ३७ जनाले उम्मेदवारी दिएका छ्न।
नेपाली कांग्रेसबाट चन्द्रकला कुमारी यादव, नेपाली कम्युनिस्ट पार्टीबाट अजय शंकर नायक, नेकपा एमालेबाट धर्मनाथ साह, रास्वपाबाट तपेश्वर यादव, जनता समाजवादी पार्टीबाट राज किशोर यादव र जनमतबाट विरेन्द्र प्रसाद महतो लगायत अन्य २३ जनाले स्वतन्त्र बाट उम्मेदवारी दिएका छ्न।
यो क्षेत्रमा १ लाख ६ हजार ६ सय ८६ मतदाता रहेका छन् भने मतदान स्थल ६० र मतदान केन्द्र १ सय २९ रहेका छन् ।