भर्खर मात्र लुम्विनी प्रदेशमा नेपाली कांग्रेसले विवादास्पद मान्छेलाई मन्त्री बनाएपछि नेपाली कांग्रेसभित्र ठूलै खैलाबैला मच्चिएको छ ।
कांग्रेस भित्रै र नागरिक समाजले समेत गम्भीर आरोप लागेका व्यक्तिलाई मन्त्री बनाएको प्रति आपत्ती जनाएका हुन् ।
डान्सबारमा युवतीलाई जबर्जस्ती न*ग्न नृत्य गराउने ‘गुन्डा नाइके’ सरोज उद्योगमन्त्री
पार्टीको जिल्ला कमिटीले सिफारिस नगरीकन सिधै केन्द्रबाट नाम दिएर मन्त्री बनाएपछि कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले आपत्ति समेत जनाएका छन् ।
उनले बुधबार सांँझ एक प्रेस बिज्ञप्ती जारी गर्दै पार्टीको केन्द्रबाट भएकोहस्तक्षेवको कडा रुपमा बिरोध जनाएका छन् ।
उनले जारी गरेको बिज्ञप्तीमा मन्त्री बनेका व्यक्तिबारे उल्लेख नगरिए पनि तिव्र असन्तुष्टि भने प्रष्ट देखिन्छ ।
प्रदेशमा मन्त्री बन्ने अवसर नपाएका तर आकांक्षी धेरै भए पनि पार्टीको सिफारिसमा एक महिलाको शंकास्पद मृत्यु र उनको जग्गा हडपिएको घटनाका मुख्य आरोपित बादशाह कुर्मी र ‘गुन्डा नाइके’ पृष्ठभूमिका रोज राणा भनिने सरोज थापा मन्त्री बनेपछि मुलुककै ठूलो लोकतान्त्रिक पार्टीको रबैयामाथि प्रश्न उठेको हो ।
बाँके निर्वाचन क्षेत्र ३ ९२० बाट प्रदेशसभा सदस्यमा निर्वाचित कुर्मीविरुद्ध नेपालगन्ज–१७ परस्पुरकी निर्मला कुर्मीको शंकास्पद मृत्यु प्रकरणमा संलग्न रहेको आरोप लाग्दै आएको छ । २०७५ मा एकाएक गाउँबाट हराएकी निर्मलाको भारतमा मृत्यु भएको सूचना २०७६ चैत १४ मा प्रहरीसमक्ष पुग्यो ।
२०६६ कात्तिकमा निर्मलाका पति महालु कुर्मीको कालगतिले मृत्यु भएको थियो । सँगै बस्दै आएका उनका दुई छोराको २०६८ मा २ साताकै अन्तरमा मृत्यु भयो । आफ्नो घर र ४ बिघा जग्गा हडप्न गिरोह सक्रिय भएको र असुरक्षित भएको भन्दै निर्मलाले २०६८ असोज ३० मा जिल्ला प्रशासनमा उजुरी दिएकी थिइन ।
निर्मलाको शंकास्पद मृत्यु र सम्पत्ति हडप्नुमा पनि संलग्नता रहेको भन्दै बाँकेकी अधिकारकर्मी रुवी खानको अगुवाइमा आन्दोलन सुरु भएको थियो । घटनाबारे छानबिन गर्न गठिन समितिले २०७८ कात्तिक १४ मा बादशाहसहित ८ जनामाथि अनुसन्धान गर्नुपर्ने सिफारिस सहितको प्रतिवेदन तत्कालीन गृहमन्त्री बालकृष्ण खाणलाई बुझाएको थियो ।
कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नेतृत्वको सरकारमा प्यूठानका सरोज थापा उद्योग तथा यातायात व्यवस्था मन्त्री बनेका थिए ।
लुम्बिनीमा विवादस्पद छवीका दुई मन्त्री, जसले लिए पद तथा गोपनीयताको शपथ
त्यतिबेला विबादित व्यक्तिलाई मन्त्री बनाएको भन्दै चौधरीको आलोचना भएको थियो । तिनै थापा अहिले फेरी मन्त्री बनेका छन् । दुई दिनअघि कांग्रेसबाट सरकारमा जाने अन्य मन्त्रीको टुंगो लागेको थिएन । तर, थापाको नाम सार्वजनिक भइसकेको थियो । कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवाको आशिवार्द प्राप्त भएकाले थापा मन्त्री बन्नेमा कार्यकर्ता समेत ढुक्क थिए ।

प्रदेश सरकारको नेतृत्व गरिरहेको कांग्रेसभित्रै असन्तुष्टि छताछुल्ल भएको हो । आवरणमा चलचित्र निर्माता र निर्देशक भनेर चिनिए पनि ‘रोज’ गुन्डागर्दीमा सामेल थिए । काठमाडौंका डान्सबारमा युवतीलाई जबर्जस्ती नग्न नृत्य गराएको अभियोगमा समेत उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
उनी ५ पटकसम्म पक्राउ पर्दै छुट्दै गरेको प्रहरी रेकर्ड छ । उनी कहिले गुन्डा नाइकेहरू दिनेश अधिकारी ‘चरी’को निकट पुग्थे त कहिले कुमार श्रेष्ठ ‘घैंटे’को । एकताका प्रहरीले अनुसन्धान बढाएपछि सुजन पौडेल (रमेश बाहुन) र चरीसँगै रोजसमेत भारत पुगेका थिए ।
प्रहरीको अनुसन्धानमा भारत बसाइकै क्रममा यी तीन जनाको सम्बन्ध थप घनिष्ठ भएको थियो । बाहुनलाई नेपाल प्रहरीले भारतीय सुरक्षा अधिकारीसँगको समन्वयमा पक्राउ गरी नेपाल ल्याएको थियो ।
रात्रिकालीन व्यवसायका क्रममा रोज अर्का गुन्डा नाइके घैंटेसँग समेत जोडिएका थिए । चरी २०७१ र घैंटे २०७२ मा प्रहरी इन्काउन्टरमा मारिएका थिए ।
‘रोज’ माथि २०७३ साउन अन्तिममा काठमाडौंको पुरानो बानेश्वरमा खुकुरी प्रहारको घटना पनि भयो ।
यसमा संलग्न रहेको आरोपमा विवेचना प्रजापति र सूर्य लामा पक्राउ परे । संगठित गुन्डा नाइकेका साझेदार थापाले धोका दिएको र पुरानो रिसिइबीका कारण आक्रमण भएको त्यसबेला प्रहरीले विश्लेषण गरेको थियो ।
नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले थापा आपराधिक पृष्ठभूमिका व्यक्ति भएको बताउँदै आफू हनुमानढोका कार्यालयमा प्रमुख छँदा उनीविरुद्ध मानव बेचबिखनको मुद्दा चलाइएको थियो ।
यसरी विवादास्पद व्यक्तिलाई मन्त्री बनाएपछि कांग्रेसभित्रको विवाद भुसको आगोझै सल्किएको छ ।