वि.सं.२०८२ मंसिर १८ बिहीवार

माओवादीकी विद्यार्थी उपाध्यक्ष जैशीद्वारा पत्रकारलाई जिउँदै जलाउने धम्की

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) की केन्द्रीय उपाध्यक्ष देउमा जैशि दिपाले पत्रकारलाई जिउँदै जलाउने धम्की दिएकी छिन्।

shilapatra.com “सत्ताबाट बाहिरिएको एक वर्षमै माओवादीभित्र तीव्र ध्रुवीकरण, किन बढ्यो उकुसमुकुस ?” शिर्षकमा समाचार प्रकाशित भएको थियोे ।

ल हेर्नुस्

सामाजिक सञ्जालमार्फत व्यक्त गरिएको उक्त अभिव्यक्तिले पत्रकारिता जगतमा चिन्ता उत्पन्न गराएको छ।

पत्रकारप्रति यस्ता खालका गम्भीर प्रकृतिका धम्की लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताविरुद्धको खतरनाक संकेतका रूपमा हेरिएको छ।

जैशीले पत्रकारको नाम उल्लेख नगरीकन “हाम्रो आन्दोलन बदनाम गर्ने यस्ता सञ्चारकर्मीहरूलाई जिउँदै जलाउनुपर्छ” भन्ने शैलीमा दिएको अभिव्यक्तिलाई विभिन्न क्षेत्रबाट आपत्ति जनाइएको छ।

मानव अधिकारकर्मी, पत्रकार महासंघ, नागरिक समाज र राजनीतिक विश्लेषकहरूले यस्तो भाषा प्रयोग हुनु आपत्तिजनक र गैरजिम्मेवार रहेको टिप्पणी गरेका छन्।

उपाध्यक्ष जैशीले आफुबिरुद्ध समाचार प्रकाशित भएपछि समाचारकाे खण्डन पठाएको छ। जुन जस्ताको त्यस्तै हामीले प्रकाशित गरेकाछाै : सम्पादक

राजनिति घेराबन्दि र शड्यन्त्र जुन दिन देखि स्वतन्त्र चुनाब जिते त्यसै दिन देखि भएको थियो । अखिल (क्रान्तिकारी ) को २३ औ सम्मेलन शुरु हुदा ४ टिम बने । म कुनै टिममा परिन । मलाइ लागेको थियो म काम गर्ने मान्छे हु कुनै न कुनै टिममा पर्छु भन्ने । तर परिन स्वतन्त्र वा टिम विहिन उम्मेदवारी दिए खुल्ला उपाध्यक्ष मा । २५ जना खुल्ला उपाध्यक्ष उठ्दा ४ जना को कोटा थियो ।टिम बिहिन लड्दा नि चुनाव जितेपछि धेरैलाइ मैले जितेको मन परेको थियन । त्यसै दिन देखि बैठक भित्र वा जिम्मेवार दिदा होस मलाइ पाखा लगाउने गरियो । हरेक आन्दोलन को मोर्चा लडेको म अझ सबै प्रतिनितिले आफ्नो नेताले लगाएको हुइप खारेज गरि मलाइ भोट दिएर जिताको मैले जसरि नि काम गर्नु थियो मलाइ हार मान्ने छु थिएन म माथि हुने सबै घेराबन्दिका विरुध्द प्रतिरोध गर्दै अगाडी बढे । क्याम्पसको सम्मेलन थियो त्यस्मा म अतिथि थिए एक भाइलाइ फोटा र भिडियो बनाइदिनु भनेर मोवाइल दिएको थिए , मलाइ चुनावमा सहयोग गर्ने प्यारो दाजु र मेरो सम्बन्ध विगार्ने ह्तुले दाजु ले बनाएको समाचारमा कमेन्ट गरेको रहेछ्न । उक्त ब्यक्ति विरुद कानुनि प्रकृयामा गएको छु । मान्छे नबुझि मोवाइल दिने गरेको गैरजिम्मेवारि पनले गर्दा म माथि प्रश्न उठ्नु स्वभाविक हो । यो लापरवाह अब नहुने कुरा ब्यक्त गर्दछु ।