वि.सं.२०८२ मंसिर १५ सोमवार

यस्ता छन् ‘प्रजातन्त्र सेनानी’ याक्खाका संखुवासभा फेर्ने संकल्प र योजना

आफ्नो जीवनकालको उर्वर समय सामाजिक एवं राजनीतिक परिवर्तनका निमित्त संघर्षमा समर्पण गरेका दिपक याक्खा मंसिर ४ मा हुन लागेको आवधिक निर्वाचनमा संखुवासभा जिल्लाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन् ।

उनी एक परिपक्व, विवेकशील तथा इमान एवं निष्ठा भएका राजनीतिज्ञ मात्र होइनन् । नागरिक एवं सामाजिक अगुवा समेत हुन् ।

यो पनि…
को हुन् संखुवासभाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार याक्खा ?

त्यस कारण उनको विजय उनको राजनीतिक दल जनता समाजवादी पार्टी (जसपा) नेपालका लागि मात्रै गौरवको विषय हुने छैन । संखुवासभाको समग्र सामाजिक, आर्थिक एवं सांस्कृतिक विकासको शिलान्यास हुनेछ । उनको चुनाव चिन्ह ‘छाता’लाई संखुवासभाबासीले पहिलो रोजाईमा राख्ने छन् ।
संखुवासभाको वृहत्तर विकासका लागि याक्खाले यस्ता संकल्प एवं कार्ययोजना तय गरेका छन् ।
संकल्प
–पूर्वाधार विकासमा जोड
–कृषि व्यवसायमा आमूल परिवर्तन
–युवालाई स्वरोजगारको व्यवस्था
–सरकारी कामकाजमा हुने ढिलासुस्ती एवं अनियमितताको अन्त्य
–भ्रष्टाचारको अन्त्य
–पर्यटन प्रर्वद्धनमा जोड
–जिल्लाभित्र रहेका प्राकृतिक सम्पदाहरु जल, जमिन, जंगल र जडिबुटीको संरक्षण एवं प्रर्वद्धन
–जलविद्युत आयोजनामा जिल्लाबासी प्रत्येक परिवारलाई शेयर र मुनाफाको सुनिश्चितता
–सबै जातजाति भाषाभाषी एवं धर्म संस्कृतिलाई सूचीकरण गरी तिनको संवद्र्धनमा लाग्ने
योजना/पूर्वाधार विकास
–चतरादेखि किमाथुम्कासम्म सडक
–यातायात, स्वच्छ खानेपानी, गुणस्तरीय शिक्षा
कृषि
–किसानमैत्री कार्यम
–किसानलाई समयमै निःशुल्क बीउविजन वितरण
–कृषि उपकरणहरु निःशुल्क वितरण
–कृषि उत्पादनको व्यवस्थितिकरण
–साथमा बजार व्यवस्थापन
युवामैत्री कार्यक्रम
–युवाहरुसँग वर्षमा कम्तिमा पनि एक महिना आफैँ सहभागि भएर उत्पादनको काममा सरिक हुने
–वैदेशिक रोजगारीका लागि विदेशिन बाध्य युवाहरुलाई स्वदेशमा रोजगार सिर्जना गर्न लागि पर्ने
पर्यटन
–जिल्लाभित्र रहेका मकालुसहित अन्य नयाँ हिमालहरुको पहिचान गरी आरोहणको निम्ति सम्पूर्ण व्यवस्था गरी आन्तरिक तथा वाह्य पर्यटक वृद्धि गर्ने
–मकालु राष्ट्रिय निकुञ्जबाट प्राप्त आम्दानी मध्येबाट ५० प्रतिशत सम्बन्धित क्षेत्रमै विकास निर्माणका लागि उपयोग गर्ने
–मकालु वरुण राष्ट्रिय निकुञ्जदेखि जलजले मिल्केसम्मको हिमाली क्षेत्रलाई सिकार आरक्षको रुपमा विकास गर्ने
–जिल्लाभित्र रहेका प्राकृतिक सम्पदाहरु ५ (ज) जल, जंगल, जलस्रोत, जडिबुटी र खनिज संरक्षण सम्वद्र्धन तथा विकास गरिने छ ।
शिक्षा
–शिक्षाको गुणस्तरी विकासका लागि वृहत्तर योजना ल्याउने
–शिक्षा नीतिमा आमूल परिवर्तन
–नयाँ तथा प्रभावकारी अन्तर्राष्ट्रियस्तरीय शैक्षिक कार्यक्रम भित्र्याउने
–आधुनिक तथा प्रविधियुक्त शैक्षिक उपकरण भित्र्याइने
स्वास्थ्य
–सरकारी एवं सामुदायिक अस्पतालहरुको स्तरोन्नती
–नेपालमै जटिल एवं प्राणघातक रोगहरुको उपचार गर्न सकिने उपचारपद्दतिको विकास
–आर्थिक रुपमा विपन्न तथा दुरदराजका नागरिकलाई उपचारमा पूर्ण सहुलियतको व्यवस्था
–विशेषज्ञ चिकित्सकहरु उत्पादन तथा चिकित्सा शिक्षामा व्याकप सुधार
–मेडिकल शिक्षा सुलभ बनाउन नीतिगत सुधार एवं व्यवस्थापकीय प्रणाली आमूल परिवर्तन
समाजिक सुरक्षा
–हरेक नागरिकलाई संविधानतः सामाजिक सुरक्षा प्रत्याभूत गर्न विशेष पहल
–संविधानले संरक्षित वर्गमा राखेका महिला, बालकालिका, दलित, उत्पीडित, ज्येष्ठनागरिक तथा फरक क्षमता भएका (अपाङ्ग)व्यक्तिहरुका लागि सामाजिक सुरक्षा, उपचार एवं पुनःस्थापनाका

कार्यक्रम सञ्चालन
–वृद्ध भत्ता, विधवा एवं फरक क्षमता भएकाहरुले राज्यबाट पाउँदै आाएको सामाजिक सुरक्षा भत्तालाई अहिलेको समयानुकुल एवं महँगीलाई मध्यनजर गर्दै बढोत्तरी हुने गरी थप संशोधनको पहल

याे पनि :

Deepak Yakkha Facebook Page

Deepak Yakkha YouTube Channel