नेपाल कम्युनिष्ट पार्टी(एमाले) का दार्चुला जिल्ला अध्यक्ष ज्ञानेन्द्र घर्तीले आफ्ना ज्वाँई तथा बहालवाला शिक्षक जयभान ठगुन्नाको प्रतिरक्षा गर्न विज्ञप्ति जारी गरेका छन् ।
सामान्यतया बहालवाला कर्मचारीले पेशागत संगठनका कार्यक्रम बाहेक पार्टीको अधिवेशनमा सहभागी हुन पनि पदीय मर्यादाको विपरित कार्य हो । तर एमालको कार्यक्रम संचालन गरेको आरोप लागेका शिक्षकले भने आफु निर्वाचन मण्डलको अध्यक्ष हुँदा निर्वाचनको परिणाम वाचन मात्र गरेको बताउँछन् । तर जिल्ला अध्यक्ष हुँदा पार्टीको लेटर हेडमा विज्ञप्ति जारी गर्ने अवसर नपाएर हो वा आफ्नो ज्वाँइ नै विवादमा मुछिदा शिक्षकको जीवनमा असर पर्छ भनेर नै त्यो त विज्ञप्ति जारी गर्ने अध्यक्ष घर्तीलाई नै थाहा होला । सुप्रीम खबरमा शिक्षकले कार्यक्रम संचालन गरेको र एमाले कार्यकर्ता मदिराले मातेर चौरमा दिउँसै सुतेको समाचार प्रकाशित भएपछि एमालेका जिल्ला अध्यक्ष त्यसको प्रतिवाद गर्न पार्टी पङ्तीलाई निर्देशन दिएका छन् ।
लोकतान्त्रिक मुल्य र मान्यतामा आफुलाई सबभन्दा बढी विश्वास गर्ने जिम्मेवार दाबी गर्ने एमालेका दार्चुला जिल्ला अध्यक्षको लीला भने बडो गज्जबको छ । उनले कार्यकर्ताहरुलाई त्यो सम्प्रेशित समाचारमाथि जाई लाग्न निर्देशन दिनु कुन युगको लोकतन्त्र हो कुन्नी त्यस्तै विज्ञप्ति जारी गर्न हतारो भएर हो वा नेपाली भाषाका विज्ञ नपाएर नै ।
विज्ञप्तिको भाषा र त्रुटि हेर्दा उनलाई एक जना नेपालीमा स्नाकोत्तर गरेको भाषा विज्ञ आवश्यकता परेको एउटै विज्ञप्तिमा भएको २८ वटा गम्भीर त्रुटिले पुष्टि गरेको छ । त्रुटिको प्रकृति पनि ताजुब लाग्ने खालको छ । विज्ञप्तिमा जिल्ला पार्टी सचिवको नाम लेख्न पनि नजानेरै होला त्रुटि लेखिएको छ । त्यस्तै विज्ञप्ति जारी गर्न हतारिएका अध्यक्ष घर्तीले लेटर हेडमै पनि त्रुटि गरेका छन् । यति धेरै भाषिक त्रुटि त सायद कक्षा दशमा पढ्ने ब्याक बेन्चरले पनि नगर्ला कि ?
हेर्नुहोस् विज्ञप्तिको त्रुटि ।