राजेन्द्र महतो
सिरहा।सिरहामा गोली प्रहार गरी एक जनाको हत्या भएको छ।
अज्ञात व्यक्तिको गोली प्रहार बाट सिरहा नगरपालिका–१ का ४४ वर्षीय प्रेमनाथ यादवको गोली हानी हत्या भएको हो।
शुक्रबार दिउँसो पौने ४ बजेतिर सिरहा-७ स्थित मैनाबत्ती खोला किनार नजिक ऊनी माथी गोली प्रहार भएको थियो।
स्थानीयका अनुसार यादव मैनावती खोला किनार नजिक आफ्नै खेतमा ट्र्याक्टरले जोत्ने काम गरिरहेका बेला अज्ञात व्यक्तिले उनीमाथि गोली चलाएका थिए। गोली लागेपछि यादवको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाले प्रारम्भिक निरीक्षणबाट गोली प्रहारबाट हत्या भएको पुष्टि गरेको छ। यद्यपि कसले र किन गोली चलायो भन्ने विषयमा हालसम्म केही खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।























