वि.सं.२०८१ असार १ शुक्रवार

एमालेका तर्फबाट वडाध्यक्ष जितेका थापाले अवैध याैन सम्बन्ध राखेर बनाए गर्भवती

बागलुङ जिल्लाको जैमिनी नगरपालिका- ९ का वडाध्यक्ष सन्दीप थापा ‘इन्द्र’ले अवैध सम्बन्ध राख्दा ताराखोला गाउँपालिकाकी २५ वर्षीया युवती गर्भवती भएकी छन्।

नेकपा एमालेका तर्फबाट वडाध्यक्ष जितेका थापाले आफू अविवाहित रहेको भनी ढाँटेर ती युवतीसँग शारीरिक सम्बन्ध गाँसेको युवतीका परिवारको दाबी छ।

युवतीलाई पटक–पटक गर्भपतन गराउन लगाएको र डाक्टरले तेस्रोपटक गर्भपतन गराउँदा स्वास्थ्यमा जटिल समस्या आउने बताएपछि गर्भपतन नगरेको बुझिएको छ।

अध्यक्षले ती युवतीलाई गर्भवती बनाएर बागलुङ बजारस्थित एउटा घरमा राखेको पाइएको छ। थापाको घरमा पत्नी, ३ छोरी र १ छोरा छन्।

नेपालमा कानुनतः सार्वजनिक पद धारण गरेको व्यक्तिले यस्तो गम्भीर अनैतिक काम गर्नु अक्षम्य अपराध भएको महिला अधिकारकर्मीको बुझाइ छ।

अस्पतालले ती युवती सुत्केरी हुने समय भदौको पहिलो हप्ता बताएको छ।

यस बिषयमा अध्यक्ष थापासँग बुझ्न खाेज्दा उनले फाेन उठाउनु भएन।