मधेश प्रदेशको रौतहटमा सुटकेश भित्र महिलाको शव फेला परेको छ ।
रौतहटको गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवलबा मोड नजिक संकास्पद सुटकेश फेला परेको हो ।
प्रहरीका अनुसार डोरीले बाँधिएको अवस्थामा उक्त सुटकेश फेला परेको र सुटकेश खोलेपछि भित्र महिलाको शव रहेको थियो ।
महिलाको हत्या गरी सुटकेशमा हालिएको हुन सक्ने अनुमान छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।































