वि.सं.२०८१ असोज १ मंगलवार

लमजुङ प्रहरीद्वारा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ६ बर्ष पछि पक्राउ

जिल्ला प्रहरी कार्यालय, लमजुङबाट खटिएको बिशेष टोलीले कर्तव्य ज्यान सम्बन्धी मुद्दामा फरार रहेका प्रतिवादीलाई ६ बर्ष पछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला लमजुङ राईनास नगरपालिका वडा नं. ०९ बस्ने बर्ष ४२ का बेलराम गुरुङ रहेका छन् । निज बेलराम गुरुङले मिति २०७४।०८।११ गते राती अं. ९:३० बजेको समयमा जिल्ला लमजुङ राईनास नगरपालिका वडा नं. ०९ कुडुले बस्ने बर्ष -५४ को हितमान श्रेष्ठलाई चारपाटे दाँउरा(काठ) टाउकोमा प्रहार गरी कर्तव्य गरी मारी निज घटना पश्चात फरार रहेका थिए । घटना लगत्तै फरार रहेका प्रतिवादी चितवन जिल्ला तर्फ लुकिछिपि बसेको हुन् सक्ने बिशेष रुपमा सूचना संकलन गरी जिल्ला प्रहरी कार्यालय, लमजुङबाट खटिएको बिशेष अनुसन्धान प्रहरी टोलीले निज प्रतिवादी बेलराम गुरुङलाई जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. १६ बिजयनगर स्थित लुकिछिपि बसेको अबस्थामा मिति २०७९।०९।२७ गते दिनको समयमा पक्राउ गरेको, प्रतिवादी चितवन बस्दाको समयमा निजले आफ्नो नाम र ठेगाना समेत परिवर्तन गरि बसेका थिए, पक्राउमा परेका निज प्रतिवादीलाई आज मिति २०७९।०९।२७ गते सम्मानित लमजुङ जिल्ला अदालतबाट पहिलो पटक दिन -५ (पाँच) को म्याद थप अनुमति लिई निज उपर ज्यान सम्बन्धी कसूरमा अनुसन्धान कार्य भई रहेको छ ।