वि.सं.२०८० फागुन ११ शुक्रवार

मरेको मान्छेलाई जीवित बनाएको भन्दै भ्रम फैलाउने पास्टर पक्राउ

बुटवलको होली क्यालभरी चर्चमा पास्टरले मृत्यु भएको भनिएको व्यक्तिलाई जिवित गराएको भन्दै सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि प्रहरीले एक जना पास्टरलाई पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा कञ्चपुरका ३५ वर्षीय राजेन्द्र गोतामे रहेका छन् । बुटवल १२, बुद्धनगरस्थित होली क्यालभरी चर्चका पास्टर गोतामेले मृत्यु भएको भनिएका व्यक्तिलाई जीवित गराएको भन्दै भिडियो बनाएर सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

आरोपित गोतामेलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।

सोमबार बिहान ९ बजे चर्चमा गई उनलाई पक्राउ गरेको केसीले बताए ।

उनि बिरुद्ध प्रहरीले थप अनुसन्धान गर्ने जनाएको छ ।