वि.सं.२०८१ असोज २६ शनिवार

३ जना न्यायाधीशका श्रीमान पनि न्यायाधीश, न्यायाधिशहरुकै श्रीमती आरक्षणमा न्यायाधिश नियुक्त

न्याय परिषद्ले साउन ३१ गते २१ जनालाई जिल्ला न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो। परिषदको बैठकले आवेदन दिएका ६३ मध्ये २१ जनाको नाम सिफारिस गरेको हो।

जसमध्ये टेकबहादुर कार्कीको नाम पहिलो नम्बरमा परेको छ।

दोस्रो नम्बरमा प्रकाश कोइराला, तेस्रोमा ध्रुवकुमार ढकाल, चौथोमा विकास श्रेष्ठ र पाँचौंमा नवराज दुलाल रहेका छन्।

सिफारिसमा पर्ने अन्यमा : १. टेकबहादुर कार्की, २. प्रकाश कोइराला ३. ध्रुवकुमार ढकाल ४. विकास श्रेष्ठ, ५. नवराज दुलाल ६. जगन्नाथ पौडेल, ७. विष्णुप्रसाद रेग्मी ८. पुरुषोत्तम नेपाल ९. राजेश्वर अर्याल १०. महेन्द्रबहादुर थापा क्षेत्री ११. भीमबहादुर निरौला १२. रामानान्दप्रसाद अधिकारी, १३. मोहन सुवेदी १४. सुरेशराज खनाल १५. निर्मला सुवेदी १६. हर्कबहादुर क्षेत्री १७. पूर्णिमा कोइराला १८. तारादेवी महर्जन १९. डल्लुराम चौधरी २०. ताराकुमारी शर्मा २१. भगवती शर्मा ढुंगाना रहेका छन् ।

सिफारिस पछि नियुक्ति दिइएका तीन जना न्यायाधीशका श्रीमान पनि न्यायाधीश नै हुन् ।

पूर्णिमा कोइरालाका श्रीमान् विष्णु कोइराला उच्च अदालतको न्यायाधीश पदमा कार्यरत छन् ।

निर्मला शर्मा सुवेदीका श्रीमान् पनि उच्च अदालतमै न्यायाधीश छन् ।

जिल्ला न्यायाधीशमा नियुक्ति पाएकी भगवती शर्मा ढुङ्गानाका श्रीमान टेकप्रसाद ढुङ्गाना पनि उच्च अदालतकै न्यायाधीशको रुपमा कार्यरत छन् ।

२०७७ पुष १ गते सर्वोच्च अदालतको आरक्षणको व्यवस्थासम्बन्धी फैसलाको प्रकरण ११८ मा आरक्षण दिनु नपर्ने समूहमा ‘पहिले नै मन्त्री, सांसद, संवैधानिक निकायका सदस्य, न्यायाधीश, निजामती, जङ्गी वा प्रहरी सेवाका उच्च पदस्थ कर्मचारी आदिका सन्तानलाई आरक्षण नपाउने वर्गमा राख्न सकिने हुन्छ’ भनी उल्लेख गरिएको छ ।

पहिले नै परिवारका सदस्य कोही न्यायाधीश भइसकेका छन् भने उनको परिवार वा सन्ततिलाई फेरि आरक्षण दिइरहनुपर्ने आवश्यकता छैन भनिएको छ ।