वि.सं.२०८१ साउन १० बिहीवार

नेकपा-एस ललितपुरको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

नेकपा (एकीकृत समाजवादी) ललितपुर जिल्ला कमिटीद्वारा विजया दशमी, दीपावली, नेपाल सम्वत् , छठ तथा ल्होसार पर्वको उपलक्ष्यमा शुभकामना आदान – प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

पार्टीका केन्द्रीय उपाध्यक्ष प्रमेश हमालको प्रमुख आतिथ्यतामा उक्त शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष हमालले असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा रहेका चाडपर्व जस्तै आफूहरुले पनि असत्यको विरुद्धमा विद्रोह गरेको बताए ।

हजारौंको बलिदानीबाट पाएको उपलब्धी गुम्ने खतराको विरुद्ध आफूहरुले विद्रोह गरेको पनि उनले बताए । निर्वाचनको संघारमा आइपुगेकाले योग्य उम्मेदवार छनौट गरिनु पर्ने पनि उनले विचार व्यक्त गरे ।

कार्यक्रममा ललितपुर महानगरको वडा २ का कलाकारद्वारा सांगीतिक प्रस्तुति पनि दिइएको थियो ।

कार्यक्रममा उपाध्यक्ष प्रमेश हमाल, संघीय सांसद कृष्णलाल महर्जन, बागमती प्रदेश सांसद माधव पौडेल, केन्द्रीय कमिटी सदस्य अमृत नाथ तिमल्सिना, राधा सिलवाल, अम्बिका थापा, श्याम सिलवाललगायतको उपस्थति रहेको थियो ।