वि.सं.२०८१ असार १ शनिवार

एकीकृत समाजवादी भक्तपुर अध्यक्ष बस्नेतको परिवारलाई ज्यान मार्ने धम्की

शनिबार नेकपा (एकीकृत समाजवादी) भक्तपुरका अध्यक्ष श्याम बस्नेतको परिवारलाई अज्ञात समूहले ज्यान मार्ने धम्की दिएको छ ।

उनका एक छोरालाई अपहरण प्रयास गरिएको परिवार स्रोतले बताएको छ ।

बस्नेतको गठ्ठाघरस्थित घरमा अज्ञात समूह प्रवेश गरी ढोका फोड्नुका साथै परिवारका सदस्यलाई ज्यान मार्ने धम्की दिएको हो ।

अज्ञात समूहले शनिबार बिहान ३ बजेतिर घरमा प्रवेश गरी बस्नेतका एक छोरालाई अपहरण प्रयाससमेत गरेको बस्नेतकी श्रीमती उषा कार्कीले बताइन् ।

बस्नेत शनिबार घरबाहिर थिए । श्रीमती कार्कीका अनुसार घरमा भाडामा बस्ने पहिलो र दोस्रो तलाका सबै ढोका बन्द गरेर उक्त समूह तेस्रो तलामा पुगेको थियो ।

‘ढोका फोडेर भित्र प्रवेश गरेको समूहले जेठा छोरालाई पेस्तोल देखाएर अपहरण प्रयास गरे । ५ जनाको समूहमा आएकामध्ये २ जनाले मास्क लगाएका थिएनन्, उनले भनिन्, ‘राति नचिनेका ५ जनाघरको ढोका फोडेर आएको थियो ।

पेस्तोल र खुकुरी देखाएर एउटा छोरालाई हातपात गर्दै अपहरण गर्न खोजेको थियो । ए यो हैन रहेछ भन्दै धम्क्याएर हिँडे ।’

भक्तपुर प्रहरीले घटना सम्बन्धमा अनुसन्धान भइरहेको बताएको छ ।