वि.सं.२०८१ साउन ६ आइतवार

प्रहरी प्रशासनकाे मिलेमतोमा सिरहाका होटल-लजमा खुलेयाम यौनधन्दा

सिरहाको गोलबजारमा यौन ब्यवसाय फस्टाउदै गएको स्थानीयहरूले गुनासो गरेका छन् ।

पहिले भन्दा यति बेला गोलाबजार क्षेत्रमा सबभन्दा बढी यौन ब्यवसाय हुने गरेको स्थानीयहरूले गुनासो राखेका छ्न।
गोलबजार मा रहेका मनोज होटेल होटेल र लजहरूमा यौन व्यवसाय हुने गरेको पाइएपनि प्रहरी , प्रशासन तथा स्थानीय निकाय बेखबर बनेको व्यापक जनगुनासो रहेको छ ।

स्थानीयहरूका अनुसार ,मनोज होटल तथा लजहरूमा बिहान देखि रातको समयमा खुल्ला रूपमा यौन ब्यवसायलाई प्रहरीले बढावा दिइरहेको गुनासो पोखेका छन् ।

यस्ता यौन व्यवसायका लागि संचालन रहेको होटलका कारण त्यस क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणहरुले पनि दुःख खेप्नुपर्ने अवस्था सृजना भएको स्थानीयले बताउछन् ।

हाइवे देखि ५०० सय मिटर दक्षिण मस्जिद नजिकै तीन तल्ला आफ्नै घरमा सन्चालन सो होटल तथा लाज मा १० देखि १२ जना किशोरी युवती तथा अधवैशे महिला हरु राखि यौन व्यबसाय गरिरहेको स्थानीय नाम नछाप्ने शर्तमा बताए ।

राजु भनिने राज कुमार साह सन्चालक रहेकोे उक्त होटेल&लज मा खाजा नास्ता तथा मदिरा खाने बहानामा होटलमा प्रवेश गर्ने ग्राहकहरुले रु १ हजार देखि १५ सय सम्म पैसा तिरी यौनसम्पर्क गर्ने गरेको होटेलका एक यौनकर्मीले बताइन ।

उनले भनिन हामीले पाउने ५ सय हो बाकी सबै होटेल साहुको हुन्छ। नेपालमा यौन व्यावसाय कानुनी र सामाजिक दुवै रुपमा दण्डनीय छ ।

तर यौन व्यावसायीलाई दण्डित र बहिष्कृत गरेर यो व्यावसायलाई नियन्त्रण गर्ने प्रहरी प्रशासन मिलेमतोका कारण सामाजिक प्रयासहरु असफल भएको देखिन्छ ।