सन् २०१५ मा अष्ट्रेलिया पुगेका एक नेपाली पुरुष ‘यौन अपराधी’ घोषित भएर घर फर्काइने स्थितिमा पुगेका छन् ।
२६ वर्षीय ती नेपाली युवक २०२१ मा होबार्टमा पक्राउ पर्दा खाद्यान्न डेलिभरी चालकको रूपमा कार्यरत थिए ।
होबार्ट मजिस्ट्रेटको अदालतका अनुसार घटना घटेको दिनमा ती नेपाली बिहानको डिलिवरी सकाएर र रोजनी पार्कतिर गएका थिए । त्यहाँ पुगेपछि वरपर कोही नभएको लागेर उनी कारभित्र हस्तमैथुन गर्न लागे । काउन्सिलका श्रमिक उनलाई त्यहाँ कार रोक्न पाइँदैन भन्न कार नजिक पुग्दा भित्रको हर्कत देखे । काउन्सिल श्रमिकले उनलाई त्यस दिन त्यहाँबाट जान भने पनि पछि उनलाई निषेधित व्यवहारमा संलग्न भएको मुद्दा पर्यो । मुद्दामा उनी दोषी पाइएका छन् ।
सामान्यतया अदालतले सीसीटीको मूल्यांकनका आधारमा व्यक्तिलाई यौन अपराधीको सुचिमा राख्न सक्छ । सीसीटीले उसको अनुसन्धानबाट ती नेपाली आप्रवासीले पुनः अपराध गर्ने मध्यम जोखिम भएको रिपोर्ट बुझायो । यस रिपोर्टले एक त नेपाली व्यक्तिलाई कानुनी दस्तावेजमा यौन अपराधीका रुपमा सूचीकृत गर्छ भने अर्को उनी अष्ट्रेलीयाबाट निकालिन सक्छन् ।
सीसीटीको निष्कर्षलाई ती व्यक्तिका वकिल दिनेश लोगनाथनले चुनौती दिएका छन् । यसका लागि उनले दुई क्लिनिकल साईकोलोजिस्टहरु डा. ग्रान्ट ब्लेक र डा. एम्मा कोलिन्सको रिपोर्ट अदालतमा प्रस्तुत गरेका छन् । दुवै मनोवैज्ञानिकले पक्राउ परेका नेपालीले पुन अपराध गर्न सक्ने भन्ने सीसीटीको मूल्याङ्कनलाई खण्डन गरेका छन् । लोगनाथनले सोमबार न्यायाधीश एन्ड्र्यू म्याकीसँग चिकित्सकीय मनोवैज्ञानिकको रिपोर्ट दिए पनि सीसीटीले आफ्नो अडान परिवर्तन नगरेको दलिल पेस गरे ।
मनोवैज्ञानिकहरूले सीसीटीले पक्राउ परेका नेपालीले पुनः अपराध गर्ने सम्भावना रहेको देखाउन ‘यौन अपराधी जोखिम मूल्याङ्कन’ विधी गलत तरिकाले लागू गरेको आरोप लगाएका छन् । साथै यो विधि अन्य मुद्दामा पनि दुरुपयोग हुन सक्ने उनले बताए ।
पक्राउ परेका नेपाली आप्रवासीका वकिल लोगनाथनले डा. ब्लेकले कारभित्र हस्तमैथुन गरेको अवस्थामा फेला परेका व्यक्तिमाथि ‘यौन अपराधी जोखिम मूल्याङ्कन’ विधि प्रयोग गर्नुनै गलत भएको बताएको दलिल पेस गरे ।