वि.सं.२०८० फागुन १० बिहीवार

सपन र लक्ष्मीले ल्याए युवा पंक्तिलाई ऊर्जा दिने ‘आइटम’(भिडियोसहित)

काठमाडौं । यसअघि टिपिकल लोक प्याटर्नको ‘बस्यो पिरती’ ल्याएका गायिका लक्ष्मी हमाल र गायक सपन श्रेष्ठले आइटम सङ ‘आउसँगै झुमी नाचौँ’ सार्वजनिक गरेका छन् । गएको बडा दशैँको छेको पारेर लक्ष्मी र सपनले बस्यो पिरती रिलिज गरेका थिए ।

आइटम सङ सार्वजनिक कार्यक्रममा गीतका गायक एवं म्युजिक भिडियो निर्देशक सपन श्रेष्ठले भने, ‘युवा पुस्तामा अहिले वितृष्णा एवं नैराश्यता बढिरहेको अवस्था छ । यस्तो बेलामा गीत संगीतका माध्यमबाट हामीले सकारात्मक ऊर्जा दिने काम गरिनु पर्छ भनेर सँगैसँगै रमाऔँ, आपसी प्रेम तथा सद्भाव बढाऔँ भन्ने मूल भाव बोकेको गीत ल्याएका छौँ । यो रोमान्टिक मात्र नभई समय सान्दर्भिक छ ।’

बेरोजगारी लगायत समस्याले गाँजेको नेपाली युवा पुस्ता विभिन्न खाले वितृष्णाको सिकार बनिरहेको छ । मुलुकमा त्यस्तै खाले घटनाक्रम भइरहँदा यो गीतले मरिलानु के छ र ? रमाइलोसाथ माया, प्रेम र सद्भावले जीवन जीऔँ भन्ने भाव बोकेको गीतको शब्द, संगीत तथा फिमेल गायन गरेकी लक्ष्मीले बताईन् ।

नयाँ पुस्तालाई नै लक्षित गरेर बनाइएको म्युजिक भिडियो निर्देशन गरेका गायक सपन श्रेष्ठको यो डेव्यू म्युजिक भिडियो निर्देशन हो । युवा र्यापर प्रिन्सराजले फिचरिङ गरेको म्युजिक भिडियोमा सुधिर बस्नेत र मल्लिका राजोपाध्याय लिडमोडल रहेका छन् ।

प्रशान्त तामाङको कोरियोग्राफ रहेको म्युजिक भिडियोको सिनेमाटोग्राफ अनिल के मानन्धरले गरेका छन् । अडियो एरेन्ज रिमिक्स गीतहरुको एक्सपर्ट मानिने राहुल प्रधानले गरेका हुन् भने रेकर्ड किरण तुलाधरले गरेका हुन् ।

म्युजिक भिडियो